राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका–६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाल छन् ।
उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology