Logo

२०८३, श्रावण २७गते


images
images

गण्डकी प्रदेशमा डेंगुबाट दुई जनाकाे मृत्यु डेंगु रोग रोकथामका लागि खोज र नष्ट गर प्रक्रिया सुरु

गण्डकी प्रदेशमा डेंगुबाट दुई जनाकाे मृत्यु डेंगु रोग रोकथामका लागि खोज र नष्ट गर प्रक्रिया सुरु

images
  • गण्डकी प्रदेशमा डेंगुबाट दुई जनाकाे मृत्यु डेंगु रोग रोकथामका लागि खोज र नष्ट गर प्रक्रिया सुरु
    images
    images

    राजेश पराजुली, पोखरा ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य, निर्देशनालय स्वास्थ्य कार्यालय , कास्की गण्डकी प्रदेश पोखराले आयोजना गरेको डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया तथा छलफल गरेकाे छ ।

    images
    images
    images

    कार्यक्रममा डेंगु रोगबाट कसरी बच्ने,यसलाई कसरी नियन्त्रण गर्ने र डेंगुरोग सम्बन्धी सूचना कसरी फैलाउने,यसका लागि के कस्ता उपायहरु अपनाउने र रोग लागिहालेमा के गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशमा डेंगुबाट दुई जनाकाे मृत्यु भएकाे जानकारी गराईएकाे थियाे भने कास्की जिल्लामा मात्र शनिवारसम्म ७२ जना सङ्क्रमित रहेक तथ्यांक रहेकाे बताईएकाे छ ।

    images
    images
    images

    डेंगु ज्वरो एडिस एजिप्ट लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । पछिल्लाे समय नेपालमा डेंगुका संक्रमित बढेका छन् । २०२२ मा बढेको रेकर्ड अनुसार हालसम्म २२ हजार ९ सय ८८ मानिसहरु डेंगु रोगबाट प्रभावित रहेका छन् । 

    images
    images
    images

    डेंगुबाट सबैभन्दा धेरै बागमती प्रदेश र थोरै कर्णाली प्रदेशमा डेंगु रोगका संक्रमितहरु रहेका छन् ।

    कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख बद्रीराज आचार्यले २०६१ सालबाट डेंगु रोगको सुरुवात भएको जानकारी दिदै डेंगुका लक्षणका बारेमा अवगत गराएका थिए । 

    जानकारी अनुसार ३ देखि ५ दिनसम्म ज्वरो आउनु, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने शरीरमा डाबरहरु आउने जोर्नी दुख्ने, डेंगुका लक्षणहरु हुन् ।

    यसको टाेकाइबाट बच्न पुरा शरीर ढाक्ने गरी कपडा लगाउने, राति र दिउँसो सधैँ झुल भित्र बस्ने,खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउने, झ्याल ढोकामा जाली लगाई बन्द राख्नुपर्दछ ।

    जनस्वास्थ्य प्रमुख आचार्यले लामखुट्टेको विशेषता बुझ्न जरुरी रहेको, बर्षातको मौसम सुरु भएपछि डेंगु रोगको प्रभाव पर्ने बताए ।

    कार्यक्रममा सुशीला कार्कीले जनस्वास्थ्य प्रमख आचार्यका अनुसार डेंगु रोग रोकथामका लागि पोखरामा ११ जिल्लामा रहेका अस्पताल प्रादेशिक आस्पताल, पोखरा महानगरपालिका, गाउँपालिका, नगरपालिका वडा कार्यालय, स्वास्थ निर्देशनालय, स्वास्थ्य महाशाखा,प्रमुख स्वास्थ्य कार्यालय कास्कीका कर्मचारीको पहलमा डेंगु रोग रोकथामका लागि खोज र नष्ट गर प्रक्रिया सुरु गरेको बताईन् ।

    पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले डेंगु नियन्त्रणका लागि पत्रकार महासंघ र पत्रकार सक्रिय रहेको बताईन् । याे रोग नियन्त्रण गर्न मिडिया मार्फत गर्नुपर्ने सहयाेगमा कमि नहुने बताईन् ।

    लामखुट्टेको टोकाइबाट र डेंगु रोगबाट बच्नको लागि पोखरामा महानगरपालिकाले कवाडी विस्तापित गर्नको लागि ३५ दिने सूचना जारी गरेको छ । डेंगु रोग नियन्त्रणका लागि विभिन्न स्थानमा पोष्टर, होडिङ बोर्डहरु लगाइएको  ,बेलाबेलामा प्रेसमिट र सञ्चार माध्यमबाट सूचना फैलाएको महानगरले जनाएको छ ।
    स्वास्थ्य निर्देशनालय पोखराले डेङ्गु रोग सम्बन्धी सूचना दिने, नागरिकलाई यसको बारेमा सिकाउने र बिरामी भएमा उपचार गर्ने जनाएको छ ।

    कार्यक्रममा हस्पिटल/प्रतिष्ठानका प्रतिनिधि, चिकित्सक, विपिएसका विद्यार्थी,पत्रकारहरु, जनस्वास्थ्य कार्यालय प्रमुख, पोखरा महानगरका प्रतिनिधि,जनस्वास्थ्य कार्यालय प्रमुख लगायतकाे सहभागिता थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।