Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना भाइरस

नेपालमा भेटियो कोरोनाको नयाँ म्युटेसन, सबै उमेर समूहकालाई जोखिम

नेपालमा भेटियो कोरोनाको नयाँ म्युटेसन, सबै उमेर समूहकालाई जोखिम

images
  • नेपालमा भेटियो कोरोनाको नयाँ म्युटेसन, सबै उमेर समूहकालाई जोखिम
    images
    images

    ७ असार, काठमाडौ । नेपालमा कोरोनाभाइरस (कोभिड– १९) को डेल्टा भेरियन्टको नयाँ म्युटेसन  फेला परेको छ ।
    ४८ वटा नमूनाहरू परीक्षण गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने एउटा नमूनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै वैशाख २६ देखि जेष्ठ २० गतेसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमूनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४८ वटा नमूनाहरू विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा पठाइएको जनाएको छ। 

    images
    images
    images

    हाल सम्म यो म्यूटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भएको मन्त्रालयले जनाएको छ । यी सहित हालसम्म नेपालमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट तथा ’भेरियन्ट अफ इन्ट्रेस्ट’ का रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ । यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको मन्त्रालयले जनाएको छ । यो संगै मन्त्रालयले संक्रमण रोक्न सचेत र जिम्मेवार बनि जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न अनुरोध गरेको छ। 

    images
    images
    images

    विश्व स्वास्थ्य संगठनले नेपालमा फैलिएको कोरोनाको भेरियन्टलाई डेल्टा नामकरण गरेको छ ।

    Screenshot_20210621-194744_Hamro Patro.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।