काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
४ हजार ९५९ जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण देखिएको हो। २६०० जनाको पिसिआर गर्दा १२७ जना र २ हजार ३५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको हो।
यसको संक्रमणबाट निको भएर १७१ जना घर फर्किएका छन्। देशभर २ हजार २७१ जना सक्रिय संक्रमित छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology