Logo

२०८३, श्रावण ३०गते


images
images

४८ वटै दलले पेश गरेको बन्दसूची कानून अनुसार मिलेन, सच्याएर पठाउन पत्राचार

४८ वटै दलले पेश गरेको बन्दसूची कानून अनुसार मिलेन, सच्याएर पठाउन पत्राचार

images
  • ४८ वटै दलले पेश गरेको बन्दसूची कानून अनुसार मिलेन, सच्याएर पठाउन पत्राचार
    images
    images

    काठमाडौं  । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि बन्दसूची पेश गरेका ४८ वटै दलले पेश गरेको बन्द सूची नमिलेको निर्वाचन आयोगले जनाएको छ । सबै राजनीतिक दलले पेश गरेको बन्दसूची कानूनी व्यवस्था अनुसार नमिलेको भन्दै आयोगले ४८ वटै दललाई कानूनी व्यवस्था अनुसार सच्याउन पत्राचार गरेको छ ।

    images
    images
    images

    यस्तै सात वटै प्रदेशमा २ सय ३७ दलले बन्दसूची पेश गरेकोमा २ सय १३ दलले पेश गरेको बन्दसूची कानून अनुसार नमिलेकाले पत्राचार गरिएको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्तासमेत रहेका निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए । उनका अनुसार प्रदेश एकमा ३३ दल, मधेश प्रदेशमा ३४ दल, बागमती प्रदेशमा ३७ दल, गण्डकी प्रदेशका २३ दल, लुम्बिनी प्रदेशका ३० दल, कर्णाली प्रदेशका २७ दल र सुदूरपश्चिम प्रदेशका २९ दलले पेश गरेको बन्दसूची नमिलेको हो ।

    images
    images
    images

    आयोगका अनुसार प्रदेश १ मा दर्ता भएकोमा ३ दल, मधेश प्रदेशमा २ दल, बागमती प्रदेशमा ७ दल, गण्डकी प्रदेशमा ८ दल, लुम्बिनीमा २ दल, कर्णालीमा एक दल र सुदूरपश्चिममा ५ दलले मात्रै बन्दसूची कानून अनुसार पेश गरेका छन् ।

    images
    images
    images

    समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यतालिका अनुसार असोज १० गते अर्थात आजदेखि असोज १६ गतेसम्म राजनीतिक दलले उम्मेदवारको बन्दसूची संशोधन गरेर पेश गर्ने कार्यतालिका छ । 

    यस्तै १७ गते उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा निवेदन दिनुपर्नेछ । १७ गते नै उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दललाई दिनुपनेछ ।

    यस्तै असोज २० गतेदेखि २२ गतेसम्म उम्मेदवारले नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्नुपर्नेछ । २२ गते नै आयोगले उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशित गर्नेछ 

    असोज २३ गतेदेखि २९ गतेसम्म उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिनुपर्नेछ । 

    असोज ३० गतेदेखि कात्तीक ५ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दावी विरोधको निवेदनमाथी जाँचबुझ र निर्णय गरिनेछ । 

    कात्तीक ८ गते उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन हुने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिम रुपमा प्रकाशन हुनेछ भने मंसिर ४ गते निर्वाचन हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।