Logo

२०८३, आश्विन १०गते


images
images

लुम्बिनीमा हुने माओवादी केन्द्रको चुनावीसभालाई सम्बोधन गर्न प्रचण्ड रुपन्देही आउने

लुम्बिनीमा हुने माओवादी केन्द्रको चुनावीसभालाई सम्बोधन गर्न प्रचण्ड रुपन्देही आउने

images
  • लुम्बिनीमा हुने माओवादी केन्द्रको चुनावीसभालाई सम्बोधन गर्न प्रचण्ड रुपन्देही आउने
    images
    images

    बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' रुपन्देही आउने भएका छन् । असोज १५ गते लुम्बिनीमा हुने पार्टीको चुनावीसभालाई सम्बोधन गर्न प्रचण्ड रुपन्देही आउन लागेका हुन् ।

    images
    images
    images

    लुम्बिनीको पडरिया बसपार्कमा हुने आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड रुपन्देही आउने पार्टीका जिल्ला संयोजक नारायण जिसी 'निर्मल' ले जानकारी दिए । रुपन्देहीमा माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको र विभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश गर्नेहरूको सूची निरन्तर लम्बिदै गएपछि पार्टी केन्द्रले नै रुपन्देहीलाई महत्वका साथ हेरिरहेको बताउँदै संयोजक जिसिले प्रचण्डको हातबाट अबिर लगाएर सयौंको संख्यामा पार्टी प्रवेश हुने दावी गरे । 

    images
    images
    images

    जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न हुने उक्त आमसभामा हजारौंको संख्यामा पार्टी कार्यकर्ता र नागरिकको उपस्थिति हुने सो पार्टीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।