Logo

२०८३, आश्विन १०गते


images
images

गोरखा नजान प्रचण्डलाई चितवनका पाँच दलको अपिल

गोरखा नजान प्रचण्डलाई चितवनका पाँच दलको अपिल

images
  • गोरखा नजान प्रचण्डलाई चितवनका पाँच दलको अपिल
    फाइल फोटो
    images
    images

    चितवन । चितवनका पाँच राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई आसन्न निर्वाचनमा चितवनबाटै उम्मेदवारी दिन अपिल गरेका छन्। 

    images
    images
    images

    मंगलबार बसेको गठबन्धनको जिल्ला स्तरीय बैठकको निर्णयमा प्रचण्ड चितवनको निर्वाचन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्न लागेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

    images
    images
    images

    मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिरसमेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै मंसिर ४ गते हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनु हुन अपिल गर्ने निर्णय गरिन्छ,' बैठकको निर्णयमा उल्लेख छ।

    images
    images
    images

    डा. बाबुराम भट्टराईले यसपालि प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन नलड्ने घोषणा गरेलगत्तै प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्न लागेको चर्चा चुलिएको थियो। नेकपा माओवादी केन्द्रका जिल्ला नेताहरूले प्रचण्डलाई जिल्ला नछाड्न सामाजिक सञ्जालमार्फत आह्वान गरिरहेका थिए। 

    मंगलबार नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई चितवनबाटै उम्मेदवारी दर्ता गर्न अपिल गरेको हो। बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका कृष्णराज न्यौपाने 'लब्ली', राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल र जसपाका प्रेमराज भुजेल सहभागी थिए। 

    बैठकमा सहभागी नेपाली कांग्रेसका जिल्ला सचिव ध्रुव पोखरेलले चितवनको क्षेत्र नम्बर ३ माओवादी केन्द्रले नै पाउने हो भने प्रचण्ड नै उपयुक्त उम्मेदवार हुन् भन्ने कांग्रेसको बुझाइ रहेको बताए।

    आन्तरिक बैठकहरूमा चितवनमा जोखिम भएकाले गोरखा जाने कुरा उहाँले सुनाउनुभएको रहेछ। कांग्रेसले सहयोग गर्दैन कि भन्ने उहाँको चिन्ता रहेको पनि बुझियो,' पोखरेलले भने, 'हामीले गठबन्धनको बैठकबाटै चितवन नछाड्न अपिल गरेका छौं।'
    उक्त पार्टीबाट अन्य व्यक्ति उम्मेदवार हुनुभन्दा प्रचण्ड हुँदा नै निर्वाचन जित्न सहज हुने र जिल्लालाई पनि तुलनात्मक रूपमा फाइदा हुने बुझाइ सबै दलको रहेको पोखरेलले बताए।
    उक्त बैठकमा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल, श्रममन्त्री घनश्याम दाहाल, राष्ट्रिय सभाका सदस्य नारायणप्रसाद दाहाल लगायतको पनि उपस्थिति थियो। 

    बैठकले मनोनयन दर्ताको कार्यक्रमलाई उत्साहप्रद बनाउन पाँच दलीय गठबन्धनका तर्फबाट २–२ जना रहेको समिति गठन गर्ने निर्णय पनि गरेको पोखरेलले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।