Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन आयोगको 'प्रेस अफिस’ नामक संयन्त्र निर्माणमा पत्रकार महासंघको आपत्ति

निर्वाचन आयोगको 'प्रेस अफिस’ नामक संयन्त्र निर्माणमा पत्रकार महासंघको आपत्ति

images
  • निर्वाचन आयोगको 'प्रेस अफिस’ नामक संयन्त्र निर्माणमा पत्रकार महासंघको आपत्ति
    images
    images

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा संप्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहनेगरी संयन्त्र निर्माण गरेकोप्रति नेपाल पत्रकार महासंघको गंम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images
    images

    महासचिव रोसन पुरी द्धारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘सेना, प्रहरीसहित विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि, कम्प्युटर अपरेटर रहने गरी आयोगका सहसचिव एवं प्रवक्ताको नेतृत्वमा ‘प्रेस अफिस’ नामक संयन्त्र निर्माण गरेर आयोगले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको महासंघको ठहर छ । 

    images
    images
    images

    सञ्चारमाध्यममा संप्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको हो । आयोग आफैंले क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गर्ने काम निरकुंशतन्त्रमा मात्र हुने गर्छ । लोकतान्त्रिक व्यवस्थामा यो सोभनीय हुन नसक्ने महासंघको ठहर छ ।’

    images
    images
    images

    महासंघ यो निणर्य तत्काल सच्याई अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न निर्वाचन आयोगलाई आग्रह पनि गरेको छ ।1664543862037.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।