रुपन्देही । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल गठबन्धनको साझा उम्मेद्वार बन्ने भएका छन्। आइतबार तिलोत्तमास्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै नेता भुसालले आफु माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताबमा रुपन्देही-१ बाट बाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बन्न लागेको बताए।
शनिवार मात्र एमाले परित्याग गरेका उनले संसदीय व्यवस्थामा सक्रिय राजनीतिकर्मीले चुनाब लड्नु स्वभाविक प्रक्रिया भएको प्रतिक्रिया दिंदै आफुलाई सहयोग गर्ने बचन माओवादी अध्यक्ष प्रचण्डले दिएको बताए।
आफु ४५ बर्षसम्म समर्पित भएर काम गरेको पार्टी छोड्नु पर्दा भावुक भएको बताउदै उनले एमाले छोडेपनि बाम धुर्बिकरणका लागि आफुले प्रयत्न गर्ने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गरेर एकलौटी गरेको उल्लेख गर्दै उनले कम्युनिस्ट आन्दोलनको एकताका अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology