Logo

२०८३, श्रावण ३०गते


images
images

गठबन्धनको समर्थनमा रुपन्देही–१ मा घनश्याम भुसालले दिए स्वतन्त्र उम्मेदवारी

गठबन्धनको समर्थनमा रुपन्देही–१ मा घनश्याम भुसालले दिए स्वतन्त्र उम्मेदवारी

images
  • गठबन्धनको समर्थनमा रुपन्देही–१ मा घनश्याम भुसालले दिए स्वतन्त्र उम्मेदवारी
    images
    images

    देवदह । नेकपा एमाले परित्यागका गरेका नेता घनश्याम भुसालले आइतबार रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।

    images
    images
    images

    आइतबार बिहान आफ्नो घरमा पत्रकार सम्मेलन गरेर उनले आफू स्वतन्त्र वामपन्थी विचारकका रूपमा उम्मेदवार बन्न लागेको जानकारी दिएका थिए ।

    images
    images
    images

    उनलाई सत्ता गठबन्धनले समर्थन गरेको छ । यहाँ गठबन्धनबाट प्रदेशतर्फ (क) मा कांग्रेसका विश्वनाथ यादव र (ख) मा कांग्रेसकै अब्दुल रज्जाकले उम्मेदवारी दिएका छन् ।

    images
    images
    images

    क्षेत्र नम्बर १ बाट एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले पनि प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेसहितको गठबन्धनबाट प्रदेशतर्फ (क) मा राप्रपाका आशिष चौधरी र (ख)मा दधिराम न्यौपानेले उम्मेदवारी दिएका छन् ।

    त्यसैगरि एमाले देवदह नगर अध्यक्ष परित्याग गरेका टिकाराम चापागाईंले  समेत प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    यस क्षेत्रबाट राष्ट्रिय मंगोल अर्गनाईजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी लगायतका दलसंगै स्वतन्त्र व्यक्तिहरूले समेत उम्मेदवारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।