Logo

२०८३, आश्विन १२गते


images
images

कास्की माओवादीका ३७ जनाले दिए सामूहिक राजीनामा

कास्की माओवादीका ३७ जनाले दिए सामूहिक राजीनामा

images
  • कास्की माओवादीका ३७ जनाले दिए सामूहिक राजीनामा
    images
    images

    राजेश पराजुली, पोखरा । कास्की माओवादीका ३७ नेताले सामूहिक राजीनामा बुझाएका छन् । कास्की क्षेत्र नम्बर ३ (क)मा टुरिस्ट उम्मेदवार उठाएको भन्दै ३७ जनाले सामूहिक राजीनामा दिएका हुन् ।

    images
    images
    images

    राजीनामा दिनेमा प्रदेश कमिटी सदस्य नवराज भण्डारी, भोजराज पौडेल, राजु शर्मा, माओवादी पोखरा महानगरपालिकाका उपाध्यक्ष भानुभक्त अधिकारी, माओवादी माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष गोपाल पोखरेललगायतका नेताले आइतबार राजीनामा बुझाएका छन् ।

    images
    images
    images

    ‘प्रदेश ३ क को उम्मेदवार प्रदेश ३ ख बाट उम्मेदवार ल्याएर पार्टीले टिकट दिएको कारणले हामी सम्पूर्ण उपस्थित कमरेडहरूले संयुक्त राजीनामा दिएका छौँ,’ पत्रमा उल्लेख छ ।

    images
    images
    images

    गठबन्धनको तर्फबाट माओवादीले कास्की ३ (क) मा दुर्गादत्त भण्डारीलाई उम्मेदवार बनाएको छ । उनको उम्मेदवारी प्रति यहाँका माओवादी नेता कार्यकर्ता रुष्ट छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।