Logo

२०८३, श्रावण ३०गते


images
images

चितवनमा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभाका लागि १२२ जनाको उम्मेदवारी दर्ता   

चितवनमा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभाका लागि १२२ जनाको उम्मेदवारी दर्ता   

images
  • चितवनमा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभाका लागि १२२ जनाको उम्मेदवारी दर्ता    
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश  । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक सय २२ जनाले उम्मेदवारी दर्ता गराएका जिल्लाका तीन सङ्घीय निर्वाचन क्षेत्र र छ प्रदेश क्षेत्रका लागि उनिहरूले उम्मेदवारी दर्ता गराएका हुन।

    images
    images
    images

    प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ (क) मा ११ र प्रदेश (ख) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छ । 

    images
    images
    images

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र नेकपा (एमाले)का तर्फबाट पार्टीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको हो । पौडेलले योजना आयोगबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका छ ।
    पाण्डेले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएको हो । पाण्डे आमाको किरियामा रहेका कारण उनका निजी सचिव सञ्जीप पाण्डेले उम्मेदवारी दर्ता गराएका छन । 

    images
    images
    images

    यस्तै राप्रपाबाट मधुपकुमार भट्टराईले उम्मेदवारी दर्ता गराएकाछन।

    यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (क)मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन । क्षेत्र नं १ (ख) मा १२ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवीनराज रुवालीले जानकारी दिए ।

    यस्तै चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनका लागि १९ जनाले उम्मेदवारी दर्ता गराएका छन । उनिहरुमध्ये सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल र राप्रपाका तर्फबाट रविन अधिकारीले उम्मेदवारी दर्ता गराएकाछन् । 

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले समेत चितवन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

    प्रदेशसभाका लागि क्षेत्र नम्बर २ (क) मा आठ जनाको र २ (ख) मा १४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

    चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनका लागि २१ जनाको उम्मेदवारी परेको छ । 

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डा भोजराज अधिकारी, एमालेका रामप्रसाद न्यौपाने र राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले उम्मेदवारी दर्ता गराएका छन । 

    यस क्षेत्रमा १२ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्  ।

    प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा आठ र क्षेत्र नम्बर ३ (ख)मा नौ जनाको उम्मेदवारी परेको छ ।
    जिल्लामा हाल चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५, क्षेत्र नम्बर २ मा एक लाख २४ हजार दुई सय १४ र क्षेत्र नम्बर ३ मा एक लाख ४४ हजार दुई सय ८३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । 

    जिल्लामा एक सय ६२ मतदान स्थल र चार सय ६० मतदान केन्द्र रहने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।