धीरज जीसी, काठमाडौं । वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समयसिमा आज साँझ ५ बजे सकिँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा ठुलो राजनीतिक दलको हैसियतले पदमा शपथ लिएसँगै विश्वासको मत लिनुपर्नेमा त्यसो नगरी संसद विघटनको उद्धेश्य सहित नयाँ सरकार गठनको बाटोमा लागेको भन्दै प्रतिपक्षी दल र कानुनबिदहरुको विरोध जारी छ।
सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीको आग्रहका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्।
आह्वान बमोजिम सरकार गठन हुन नसकेमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी मुलुक मध्यावधि निर्वाचनमा जाने बाटो खुल्नेछ । जो प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी पहिलेदेखी नै चाहन्छन ।
मुलुक कोरोना महामारीसंग लडिरहेको बर्तमान अवस्थामा राजनीतिक दलहरु मिलेर नागरिकको जीवन बचाउँन लाग्नु पर्नेमा सत्ताकै छिनाझम्टिमा लाग्नु दु:खद भएको राजनीतिक विश्लेषकहरु बताउँछन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology