राजेश पराजुली, पोखरा । जब साँझ छिप्पिँदै जान्छ, तव जाग्छ लेकसाइड । अझ त्यसमा पनि शान्त फेवा किनारमा रहेको फुटट्रयाक र त्यसको दायाँबायाँ हुने भिडले मेलाकै रुप लिने गरेको पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन् ।
सवारीको आवागमन नहुने, तालको शान्त मनोरम दृष्यि र फुटट्रयाकमा हिँड्रदै नियाल्न पाउनेभएकाले धेरै मानिसहरुको उपस्थिति फुटट्रयाक वरपर हुनेगरेको उनको बुझाई छ । ‘अब अगाडि पट्टि (लेकसाइडको मुख्य बजार) सवारी साधनको आउजाउ, ट्राफिक जाम लगायतका विविध समस्य आउने गर्छन् ।
त्यस्तो अवस्थामा शान्त ताल किनारमा मानिस जानु र जम्मा हुनु स्वभाविक नै हो’ उनले भने ।
शान्त वातावरणमा हिँडडुल गर्न चाहनेहरुका लागि भने फुटट्रयाक किनार अनुकुल देखिन्न ।
फुटट्रयाकमै विभिन्नढंगले ठगी गर्ने गिरोहको त्यहाँ विगविगी छ । परिषदका निवर्तमान अध्यक्ष भट्टराईले विभिन्न समयमा वडा र व्यवसायीको तर्फबाट वडा कार्यालय बैदामलाई यस्ता गतिविधि रोक्न आग्रह नै गरिएको स्मरण गरे ।
फेवा किनारको फुटट्रयाकमा स्वादेशी र विदेशी नागरिकले समेत विभिन्न ढंगले त्यहाँ पुग्नेहरुलाई ठग्ने गरेका छन् । जुवा जन्य खेल खेलाउने र पुगेका सोझासाझालाई ठग्ने गरेको छन् । ४/५ जनाको समूहमा बस्ने र एक आर्कामा दाउ हान्ने अनि अन्य सर्वसाधारणलाई फासाउने गरेको पाइएको छ ।
एक प्रकारको खेल जहाँ तीन वटा क्यारेम्बोर्डको गोटी भन्दा ठूला गोटी यता उता गरेर खेलाइन्छ, त्यस्तो खेल खेलाउने समूहले समुहिक रुपमै सर्वसाधारणलाई ठग्ने गरेको पाइएको हो । उनीहरु मध्ये एक जनाले खेलाउने, अरु २/४ जनाले आफै पैसा हाल्ने र अरुलाई दाउ हान्न उक्साउने अनि अरु केहीले उक्त खेलको भिडियो खिच्न नदिने र कसैले खिचेमा धम्की दिएर हटाउन लगाउने गरेको पाइयो ।
पर्यटन प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी निरीक्षक विराज शर्मा पौडेलले यसरी गोटी खेलाउने र झण्डा बुर्जा खेलाउनेलाई आफूहरुले पक्राउ गरेर जुवा मुद्धा चलाउँदा समेत नरोकिएको जानकारी दिए ।
सर्वसाधारण नागरिकलाई सचेत हुन र त्यस्ता कार्य भएमा प्रहरीमा खबर गर्न उनले आग्रह गरेका छन् ।
‘हामीले गोटी र झण्डा बुर्जा खेलाउनेलाई समातेर जुवा मुद्धा पनि चालाएका हौं अझैपनि रोकिएको छैन’ उनले भने, ‘यतिबेला पोखरामा राष्ट्रिय खेलकुद चलिरहेकाले पनि हाम्रो ध्यान त्यता हुँदा यता ताल किनारमा अबैध कार्य भएको हुन सक्छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology