Logo

२०८३, आश्विन ९गते


images
images

पोखराको लेकसाइडमा खुल्यो ३ करोडको लागतमा फ्याट् मङ्की रेष्टुरेन्ट   

पोखराको लेकसाइडमा खुल्यो ३ करोडको लागतमा फ्याट् मङ्की रेष्टुरेन्ट   

images
  • सेतोमसी सहकर्मी
  • पोखराको लेकसाइडमा खुल्यो ३ करोडको लागतमा फ्याट् मङ्की रेष्टुरेन्ट   
    images
    images

    पोखरा । पोखराको लेकसाइडको सेन्टर प्वाइटमा फ्याट मङ्की रेष्टुरेन्ट सञ्चालनमा आएको छ । पोखराका युवा व्यवसायी जीवन भट्टराईले फ्याट मङ्की रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

    images
    images
    images

    चार तले भवनमा उनले तीनवटा तलामा रेष्टुरेन्ट सञ्चालन गरेका छन् भने पहिलो तलामा व्यावसायिक प्रयोजनका लागि प्रयोग गरेको भट्टराईले बताए । इट, डिङक र भाइब भन्ने नाराका साथ नेपाली, इन्डियन र अन्य देशका खानाहरुलाई विशेष प्रथामिकता दिएको बताए ।

    images
    images
    images

    फ्याट् मङ्की रेष्टुरेन्टमा करिब १ सय ५० जनाको सिट क्षमता रहेको छ । मङ्कीका विभिन्न अवस्था र आकारका पेन्टिङले रेष्टुरेन्टमा आउने व्यक्तिलाई आकर्षण गर्ने गरेको उनको भनाई छ । ‘जसरी खाने कुरामा मङ्की स्वतन्त्र हुन्छ,’ उनले भने, ‘त्यसैगरी फ्याट मङ्की रेष्टुरेन्टमा पनि ग्राहकहरु स्वतन्त्रता पुर्वक खाना अडर गरेर खान सक्छन् ।’

    images
    images
    images

    उनले मङ्कीले जसरी भेराइटीहरु खान्छ त्यसैगरी खानाका भेराइटीहरु खान सकिन्छ भन्ने सन्देश दिन फ्याट मङ्की नाम राखेको बताए । अहिले विश्व कप फुटबललाई लक्षित गरेर फुटबल हेर्ने सुविधा पनि रहेको उनले बताए । त्यसैगरी पत्येक शुक्रबार र शनिबार लाइभ म्युजिकको समेत व्यवस्था गरिएको छ ।

    करिब ३ करोडको लागतमा निर्माण भएको रेष्टुरन्ट कोभिडका कारण ढिलो र लागतसमेत बढेको उनले बताए । पोखराको लेकसाइड र काठमाडौंमा नेपाली ब्राण्ड अर्वनयती र स्मोकिङ याक स्टेक हाउस सञ्चालन गर्दै आएका छन् । त्यसैगरी पोखरामा फ्लाइ मङकी प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।