Logo

२०८३, श्रावण ३०गते


images
images

विकासको गलत अभ्यासले उत्पादन र रोजगारी बढेन: घनश्याम भुसाल

विकासको गलत अभ्यासले उत्पादन र रोजगारी बढेन: घनश्याम भुसाल

images
  • विकासको गलत अभ्यासले उत्पादन र रोजगारी बढेन: घनश्याम भुसाल
    images
    images

    रुपन्देही । त्रिभूज चिन्ह लिएर रुपन्देही क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमालेका पूर्व उपमहासचिव तथा पूर्वमन्त्री घनश्याम भूसालले पछिल्लो समय विकासको गलत अभ्यास भइरहेकोले देशमा उत्पादन र रोजगारी बढ्न नसकेको बताउँदै अबको प्राथमिकता उत्पादन र रोजगारी हुनुपर्ने बताएका छन् । 

    images
    images
    images

    देवदह नगरपालिकाको निर्वाचन परिचालन भेलालाई सम्बोधन गर्दै, केपी ओलीको पालामा विकास भनेर भ्यू टावर, पानीजहाज जस्ता अनुत्पादक क्षेत्रमा राज्यको अनावश्यक खर्च गर्ने गलत भाष्यले नेपालको विकास गलत बाटोतिर गएको उनले बताए । आजको राज्यको स्रोतमाथि समान वितरण र अवसरको पहुँच हुनुपर्ने कुरामा जोड दिदैं उनले भने– जनताको आधारभूत र अतिआवश्यक शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारीका लागि राज्यको मुख्य ध्यान केन्द्रित हुनुपर्ने र ती सब चीजमा नागरिकको समान पहुँचका लागि राज्य निकायमा सुशासनको ग्यारेन्टी हुनैपर्दछ । 

    images
    images
    images

    त्यसैगरी उनले स्थानीय समस्या समाधानकालागि अव्यवस्थित बसोबासलाई मान्छेको आधारभूत रुपमा सुरक्षित बनाउने गरि व्यवस्थापन गर्नुपर्ने कुरालाई प्राथमिकतामा राखिने बताए । देवदह नगरपालिकामा पूर्वपश्चिम राजमार्ग छेउछाउ सुकुम्बासी बसोबासको समस्या रहेको कुरालाई सम्बोधन गरिने उनले बताए । 

    images
    images
    images

    भूसाललाई सत्ता गठबन्धनको समर्थन रहेको छ । गठबन्धनको क्षेत्र बाँडफाँडमा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । तर, माओवादीले आफ्नो कुनै उम्मेदवारी नदिएको कारण रुपन्देही १ को प्रतिनिधिसभामा भूसालको उम्मदवारीलाई पूर्ण समर्थन गरेको छ भने प्रदेशसभाका १(क) नेपाली काँग्रेसको विश्वनाथ यादव र प्रदेशसभा १(ख) मा नेपाली काँग्रेसकै अब्दुल रज्जाकको उम्मेदवारी रहेको छ । 

    यस क्षेत्रको उम्मेदवारीको अवस्थाबारे बताउँदै गठबन्धनका उम्मेदवारहरूले आफुहरूको उम्मेदवारीको समीकरण नै हाम्रो जित्ने आधार भएको बताएका छन् । कायम समीकरणको कारण यो क्षेत्रमा राज्यको ध्यान र स्रोत पर्याप्त खिच्न सकिने उनीहरूको तर्क छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।