Logo

२०८३, श्रावण ३०गते


images
images

ब्याजदर नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालयमा तालाबन्दी गर्छौं: होटल व्यवसायी

ब्याजदर नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालयमा तालाबन्दी गर्छौं: होटल व्यवसायी

images
  • ब्याजदर नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालयमा तालाबन्दी गर्छौं: होटल व्यवसायी
    images
    images

    राजेश पराजुली, पोखरा । पोखराका होटल व्यवसायीले बैंक तथा वित्तीय संस्थाले केही महिनायता वृद्धि गरेको ब्याजदर नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । वित्तीय संस्थाले वृद्धि गरेको चर्को ब्याजदर घटाउने काम गरिएन भने व्यवसायीले राष्ट्र बैंक र अर्थ मन्त्रालयमा धर्ना दिनाका साथै तालाबन्दी गर्ने चेतावनी व्यवसायीले दिएका छन् । 

    images
    images
    images

    होटल सङ्घ पोखरा नेपालले शुक्रबार यहाँ पत्रकार भेटघाट कार्यक्रम गरी यस्तो चेतावनी दिएको हो । 

    images
    images
    images

    वित्तीय संस्थाद्वारा एकतर्फी रूपमा वृद्धि गरिएको ब्याजदर एक अङ्कमा झार्न नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयलाई व्यवसायीले आग्रह गरेका छन् ।

    images
    images
    images

    सो अवसरमा होटल सङ्घ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड-१९ को सङ्क्रमण केही मत्थर हुँदै गर्दा पर्यटन व्यवसाय लयमा फर्कने प्रयासमा रहे पनि होटल क्षेत्रको २०-२५ प्रतिशत ‘अकुपेन्सी’ले सञ्चालन खर्च पनि धान्न सक्ने अवस्था नभएको बताए ।

    पर्यटक अपेक्षितरूपमा बढ्न नसकेको अवस्थामा होटलहरूले बैंकले प्रदान गरेको कर्जाको किस्ता तथा ब्याज तिर्न सक्ने अवस्थामा नरहेको कुरा सुनाए । अध्यक्ष सुवेदीले आफूहरू दायित्वबाट पन्छन नखोजेको तर तिर्नुपर्ने दायित्वलाई अर्को वर्षका लागि सारिदिन राष्ट्र बैंकमार्फत अनुरोध गरेको स्पष्ट पारे ।

    होटल सङ्घ पोखरा नेपालका सल्लाहकार बच्चुराम तिवारीले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज सात प्रतिशतबाट १५ प्रतिशत हुँदै २० प्रतिशतसम्म पुगेको जानकारी व्यवसायीले दिएका छन् । 

    बैंक तथा वित्तीय संस्थाले ४० प्रतिशतसम्म लाभांश बाँड्दा घाटामा रहेको होटल क्षेत्रलाई भने तर्साउने काम भएको दुःखेसो पोखे ।
    “नाफामा गएको बैंकिङ क्षेत्रलाई राष्ट्र बैंक जोगाउनतिर लाग्यो तर घाटा खाएको होटल क्षेत्रलाई वास्ता गरेन”, तिवारीले भने, “यो विषयमा हामी चुप लागेर बस्दैनाँै, यस्तै भए अब हामी राष्ट्र बैंक र अर्थ मन्त्रालय घेर्न बाध्य हुनेछौँ, राष्ट्र बैंकले गरेको कामका बारेमा हिसाब खोज्छौँ ।”

    होटल सङ्घ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले चर्को ब्याजदरको मारमा बढी होटल व्यवसायी नै परेको बताए । “भ्रमण वर्षको नाउँमा सरकारले नै होटल व्यवसायीलाई लगानी गर्न उक्सायो, लगानी गर्यौँ तर कोरोना फैलियो व्यवसाय ठप्प भयो, बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्न सक्ने अवस्था छैन, बैंक तथा वित्तीय संस्थाले झनै ब्याज बढाइदिए”, पराजुलीले भने ।

    होटल सङ्घ गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले बैंक तथा वित्तीय संस्थाले अस्वाभाविकरूपमा ब्याजदर बढाउनु सबै नेपालीको समस्या भएको स्मरण गराउँदै व्यवसायमा सुस्ती देखिँदा वित्तीय क्षेत्रबाट आतङ्क फैलाउने काम भएको आरोप लगाए । बैंक तथा वित्तीय संस्थाहरूले अनुत्पादक क्षेत्रमा लगानी गरेको आरोपसमेत व्यवसायीको छ । व्यवसायी बैंकर हुँदा पनि समस्या उत्पन्न हुनाका साथै बैंकलाई आधुनिक सामन्तका रूपमा व्यवसायीको आरोप लगाएका छन् ।

    सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचनले कोभिडको समयमा सरकारले नै दुई वर्ष पर्यटन क्षेत्र बन्द गराएको बताउँदै अहिले एकतर्फी ब्याज बढाएर वित्तीय आतङ्क सिर्जना गरिएको आरोप लगाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होटल व्यवसायी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।