Logo

२०८३, श्रावण ३०गते


images
images

गठबन्धन चुच्चे नक्सा विरुद्धको घेरावन्दी हो: महासचिव पोख्रेल

गठबन्धन चुच्चे नक्सा विरुद्धको घेरावन्दी हो: महासचिव पोख्रेल

images
  • गठबन्धन चुच्चे नक्सा विरुद्धको घेरावन्दी हो: महासचिव पोख्रेल
    images
    images

    दाङ । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले गुमेको जमिन समेटेर चुच्चे नक्सा जारी गरेकै कारण एमालेविरुद्ध घेरावन्दी गरिएको बताएका छन ।
     
    अम्माखोली साँस्कतिक परिवार तुलसीपुर उपमनपा १८ ले आयोजना गरेको भैलो कार्यक्रमको सुरुआत गर्दै पोख्रेलले यस्तो बताएका हुन  । गुमेको जमिन समेटेर एमाले नेतृत्वको सरकारले चुच्चे नक्सासहित देशको नक्सा जारी गरेर राष्ट्रहितको काम गर्यो महासचिव पोख्रेलले भने जनता र राष्ट्रहितका काम गर्दा एमालेविरुद्ध गठवन्धन गरिएको छ । यो गठवन्धन राष्ट्रहितमा पनि छैन र यसले जनता र राष्ट्रहितमा काम पनि गर्दैन । 
     
    गठवन्धन स्वार्थहरुको झुण्ड भन्दै पोख्रेलले जनसरोकारका विषयमा गठवन्धन सरकार बेखवर भएर बसेको बताए । सत्ता स्वार्थसिद्धीका लागिमात्रै गठवन्धन बनेको हो । नत्र देशको विकास र समृद्धिको अवस्था फरक भइसक्थ्यो उनले भमे  यसको प्रमाण किसानले चाहिएको बेला मल नपाउनु, महंगी दोब्वर बढेर जानु र देश आर्थिक संकटतर्फ धकेलिनुु नै हो । उनले  अहिले बैंकले ऋण माग्दा पनि दिन नसक्ने अवस्था आइसकेको बताए ।
     
    एमाले सरकारले मुद्रा सञ्चिती १२ महिनालाई पुग्ने अवस्थामा छोडेको थियो । अहिले त्यो घटेर ६ महिनामा झरेको छ पोख्रेलले भने  गठवन्धन सरकार रहिरहे देश टाट पल्टिने अवस्थामा पुग्नेछ । तसर्थ मंसिर ४ गठवन्धन सरकार विदाई गर्नुको विकल्प छैन । जनतासामु यो ठूलो अवसर आएको छ । उनले मंसिर ४ फेरि परमादेश हटाएर जनादेशको सरकार निर्माण गर्ने पर्व भएको बताए ।
     
    एमाले सरकार हुँदा दाङ–सल्यान–रुकुम राप्ती राजमार्ग, घोराही–होलेरी–डोल्पा सहिदमार्ग, कर्णाली जोड्ने तुलसीपुर–सुर्खेत मार्ग, घोराही–देवीस्थान प्युठानमार्गजस्ता राणनीतिक महत्वका सडकपूर्वाधारको निर्माण, स्तरोन्नतिको काम गरिएको भन्दै पछिल्ला दिनमा सरकारले नै बजेट कटौति गर्दा जनताको विकासको काम ठप्पजस्तै भएको बताए  । दाङमै पनि घोराही–हापुर– आखा अस्पताल–पञ्कुले सडक, बबई–कोहलपुर सडक, रामपुर–भालुवाङ सडक निर्माणको चरणमा रहेको भन्दै उनले  परम्परागत दामोदर सडकको स्तरोन्नतिको काम गरिएको बताए। तर यी सडकहरुमा एमाले सरकारले विनियोजन गरेको बजेट गठवन्धन सरकारले कटौति गर्दा यी सडकको काम रोकिएको समेत उनले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शंकर पोख्रेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।