Logo

२०८३, श्रावण ३०गते


images
images

ओलीको छाँया रहुन्जेल एमाले सुध्रिन्न: घनश्याम भुसाल

ओलीको छाँया रहुन्जेल एमाले सुध्रिन्न: घनश्याम भुसाल

images
  • ओलीको छाँया रहुन्जेल एमाले सुध्रिन्न: घनश्याम भुसाल
    images
    images

    रुपन्देही । त्रिभुज चिन्ह लिएर सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीको छाँया रहुन्जेल नेकपा एमाले नसुध्रिने बताएका छन् । शुक्रबार आफ्नो निर्वाचन क्षेत्र रुपन्देही नं. १ का मतदातासंग कुरा गर्दै भुसालले यस्तो टिप्पणी गरेका हुन् ।

    images
    images
    images

     

    images
    images
    images

    विगत दश बर्षसम्म आफुले पार्टीभित्र बैचारिक बहस गरेको र ती बहसहरूलाई अध्यक्ष ओलीले ब्यक्तिगत रुपमा लिएर आफुमाथि प्रहार गरिएको उल्लेख गर्दै भुसालले विचार विनाको राजनीतिले विकास र समृद्धिको दिशामा समाजलाई डोर्‍याउन नसक्ने तर्क गरे ।

    images
    images
    images

     

    एमाले अध्यक्ष ओलीले विकासको भाष्य नै विगारेर विकासलाई समाजसंग अलग गर्न खोजेको उल्लेख गर्दै भुसालले भने, " ओली जीले भने झैँ हामी प्रशान्त महासागरमा नेपालको झन्डा भएको पानी जहाज नै चलाएछौँ भनेपनि त्यो पानी जहाजले रुपन्देहीका जनताको लागि योगदान गर्न सक्दैन भने त्यसको काम छैन ।" उनले अगाडि थपे, "भ्यु टावर, पानी जहाज र रेलको कुरा गरेर जनतालाई गुमराहमा राख्ने र भ्रष्टाचारमा लिप्त हुने परिपाटी नेपाली राजनीतिको सबैभन्दा खराब पक्ष हो, त्यसबारे नागरिक सजग हुनुपर्छ ।" 

     

    सो क्रममा नेपाली कांग्रेसबाट गठबन्धनको प्रदेशसभा सदस्य पदको उम्मेदवार बनेका अब्दुल रज्जाक र विश्वनाथ यादवले गठबन्धनको जीतले मात्रै देश विकास र समृद्धिको मार्गमा अगाडि बढ्ने उल्लेख गर्दै मतदानको लागि अपिल गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।