Logo

२०८३, आश्विन ११गते


images
images

एमालेको घोषणापत्रमा अटेन माधव र झलनाथ नेतृत्वको सरकार

एमालेको घोषणापत्रमा अटेन माधव र झलनाथ नेतृत्वको सरकार

images
  • एमालेको घोषणापत्रमा अटेन माधव र झलनाथ नेतृत्वको सरकार
    images
    images

    काठमाडौं । नेकपा एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा आफ्नो नेतृत्वको तीन वटामात्र सरकारको चर्चा गरेको छ । २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकार, २०७२ साल र २०७४ सालको केपी शर्मा ओली नेतृत्वको सरकारको मात्र चर्चा गरिएको छ ।

    images
    images
    images

    तर २०६६ जेठमा तत्कालिन एमाले नेता माधवकुमार नेपाल र २०६७ माघमा तत्कालिन एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा सरकार बनेको थियो । एमालेले घोषणापत्रमा यी दुई नेता प्रधानमन्त्री हुँदाको भने चर्चा नै गरेको छैन ।  नेपाल र खनाल नेकपा एमालेको संस्थापक नेता हुन् । यी दुई नेताले २६ वर्ष एमालेको नेतृत्व गरेका थिए । २०३९ देखि २०७१ सालसम्मको ३२ वर्षमध्ये ६ वर्षको अवधि मदन भण्डारीले नेतृत्व गरेका थिए ।

    images
    images
    images

    २०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्धभत्ता मार्फत लोककल्याणकारी राज्यप्रणालीको अवधारणा स्थापित गरेको, आफ्नो गाउँ आफैं बनाऊँ कार्यक्रम मार्फत जनसहभागितामा आधारित विकास अवधारणा स्थापित गरेको एमालेले घोषणापत्रमा दावी गरेको छ ।   मनमोहन अधिकारीपछि नेकपा एमालेबाट नेता माधवकुमार नेपाल २०६६ जेठमा प्रधानमन्त्री भएका थिए । त्यसलगत्तै एमालेका तत्कालिन अध्यक्ष खनाल प्रधानमन्त्री भएका थिए । तर एमालेले यी दुबै नेताको सरकारले गरेको कामको चर्चा नै गरेन । गत वर्ष एमाले विभाजन भएपछि नेता नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको छ र खनाल पनि एकीकृत समाजवादीमा नै छन् ।

    images
    images
    images

    एमालेको घोषणापत्रमा मनमोहन अधिकारी नेतृत्वको सरकारपछि २०७२ सालमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारको चर्चा गरेको छ । त्यतिबेला ओली नेतृत्वको सरकारले भारतले लगाएको नाकाबन्दीको दृढतापूर्वक सामना गरेको, चीनसँगको व्यापार पारवहन सन्धि गरेको, नेपाली राजनीतिलाई विकास र समृद्धिको बहसतर्फ केन्द्रित गरेको एमालेको दावी छ ।

    २०७४ सालमा ओलीकै नेतृत्वमा बनेको सरकारले संविधान र संघीयता कार्यान्वयनको ऐतिहासिक नेतृत्व गरेको, सार्वभौम समानता, अहस्तक्षेप र पारस्परिक लाभ एवं सम्मानमा आधारित परराष्ट्र सम्बन्ध अगाडि बढाएको एमालेले दावी गरेको छ ।

    त्यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नयाँ नसामा समेटेको, पृथकतावाद र सशस्त्र द्वन्द्वमा रहेको र असहमत पक्षलाई राजनीतिको मूलधारमा ल्याएको र भूकम्पपछिको पुनर्निर्माणलाई तोकिएकै समयमा पूरा गरेको, कोभिड–१९ महामारीको सफल सामना गरेको, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको थालनी गरेको एमालेको दावी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।