Logo

२०८३, आश्विन १०गते


images
images

जिल्ला अस्पताल अर्घाखाँचीलाई एचडियु बेड र स्वास्थ्य सामग्री हस्तान्तरण

जिल्ला अस्पताल अर्घाखाँचीलाई एचडियु बेड र स्वास्थ्य सामग्री हस्तान्तरण

images
  • सेतोमसी सहकर्मी
  • जिल्ला अस्पताल अर्घाखाँचीलाई एचडियु बेड र स्वास्थ्य सामग्री हस्तान्तरण
    images
    images

    हलिम खाँन, अर्घाखाँची । बढ्दो कोभिड १९ का कारण जनजीवनमा  फेरि नराम्रोसंग प्रभावित बनेको छ ।

    images
    images
    images

    पछिल्लो समय दिनप्रतिदिन कोभिड १९ अर्थात कोरोना भाइरस ब्यापक रुपमा बढ्दै गएपछि आफै सचेत हुन ,  नागरिकहरु लाई स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न  र अनिवार्य रुपमा माक्स लगाउन सरकारले अनुरोध गरेको छ। 

    images
    images
    images

    यसै बीच जिल्ला अस्पताल अर्घाखाँचीलाइ अर्घाखाँची सहयोगी हातहरुद्वारा  दुइ ओटा एचडियु बेड र अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। 

    images
    images
    images

    अर्घाखाँची सहयोगी हातहरुका अभियान्ताहरुले सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल र अस्पतालका प्रमुख डाक्टर कपिल गौतमलाई बेड हस्तान्तरण गरेको हो । 

     अर्घाखाँची सहयोगी हातहरु मार्फत संकलन गरिएका स्वास्थ्य सामग्री मध्ये पत्रकार महासंघ अर्घाखाँची, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची, जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची र सडकमा निरन्तर  खटिरहेका ट्राफिक प्रहरी र नेपाल प्रहरीहरुलाई माक्स हस्तान्तरण गरेको हो ।

    जिल्लाका आइसियु कक्ष निर्माणको लागि भन्दै आर्थिक संकलन गरिएको भएपनि गृह मन्त्रालयले कसैले पनि सहयोग नउठाउनु भन्ने आदेश गरेपछि अभियान रोकिएको र त्यसअघी संकलन भएको रकमबाट एचडियु बेड खरीद गरिएको हो । 

    कार्यक्रममा नगर प्रमुख भुसालले महामारी विरुद्धको लडाई जित्नको लागि सबैको पहल र सक्रियता अत्यन्तै आवश्यक पर्ने बताउनु भएको छ। अस्पतालका प्रमुख डाक्टर  गौतमले सहयोगी हातहरुलाई विशेष धन्यवाद  समेत व्यक्त गर्नुभएको थियो । 

      आइसीयु बेड र स्वास्थ्य सामाग्री अर्घाखाँची अस्पताल सम्म पुर्याउनको लागि "हाम्रो टीम नेपाल '' ले गाडीको व्यवस्थापन रु २५००० सहयोग गरेको थियो ।

    हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, सामाजिक अभियान्ताहरु सहित पत्रकार तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्घाखाँची
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।