Logo

२०८३, श्रावण ३०गते


images
images

पोखराको दिगो विकासमा कोरियाको चासो

पोखराको दिगो विकासमा कोरियाको चासो

images
  • पोखराको दिगो विकासमा कोरियाको चासो
    images
    images

    राजेश पराजुली, पोखरा । दक्षिण कोरियाका राष्ट्रियसभा सदस्य तथा दक्षिण एसिया क्षेत्रका कोरियन प्रतिनिधि साङ्ग हेन ली सहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । 

    images
    images
    images

    भेटवार्ताका क्रममा पोखराको दिगो विकास, फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा हरित सहरी यातायात लगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले बताए ।

    images
    images
    images

    टोलीले पोखराको दिगो विकास, यहाँको फोहोर व्यवस्थापन तथा ट्राफिक व्यवस्थापन र हरियाली प्रवर्द्धन सहित हरित सहरी यातायात विकासका लागि कोरियन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने पूर्व प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको बताएको छ । पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न, रिङ रोड निर्माण, व्यवस्थित बसपार्क, अन्तर्राष्ट्रिय विमानस्थल देखी लेकसाईडसम्म फास्ट ट्र्याक, फेवाताल–वेगनासताल जोड्ने पूर्वाधार लगायतका विषयमा पनि टोलीले अध्ययन गरिरहेको बताएको छ ।

    images
    images
    images

    एक साताको नेपाल भ्रमणमा रहेको टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाको तर्फबाट राष्ट्रियसभा सदस्य साङ्ग हेन ली, कोरियाको निजी क्षेत्रका दुई व्यवसायीहरू योङ प्यो किम र साङपील किमको सहभागिता रहेको थियो । 

    भेटवार्तामा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसीको पनि सहभागिता रहेको थियो । टोली पोखरा महानगरपालिकाले प्रस्तुत गरेका सहकार्यका सम्भावित क्षेत्रहरूको अवलोकनका खातिर ३ दिन पोखरामा नै रहने छ । 

    कोरियन सांसद सहित त्यहाँका निजी क्षेत्रका व्यवसायीहरूको दोस्रो पटकको पोखरा भ्रमण र पोखराको विकास प्रति उनीहरूले देखाएको चासो प्रति पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्यले धन्यवाद ज्ञापन गरे । 

    प्रमुख आचार्यसँग सो टोलीका नेता लीले यस अघि पनि शिष्टाचार भेटवार्ता गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।