Logo

२०८३, श्रावण ३०गते


images
images

मंसीर ४ पछि एमालेको सरकार बन्छ र सुकुम्वासी समस्या समाधान गर्छ: छविलाल विश्वकर्मा

मंसीर ४ पछि एमालेको सरकार बन्छ र सुकुम्वासी समस्या समाधान गर्छ: छविलाल विश्वकर्मा

images
  • मंसीर ४ पछि एमालेको सरकार बन्छ र सुकुम्वासी समस्या समाधान गर्छ: छविलाल विश्वकर्मा
    images
    images

    देवदह । मंसीर ४ पछि नेकपा एमालेको सरकार बन्ने र सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले बताएका छन् । रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेता विश्वकर्माले गठबन्धन सरकारका कारण सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या समाधानको ओझेलमा परेको बताए। 

    images
    images
    images

    रुपन्देहीको देवदह १०, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

    images
    images
    images

    नेता विश्वकर्माले देशमा गठबन्धन सरकार रहेसम्म समृद्धि प्राप्त गर्न नसकिने बताउदै अहिलेको निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गरे । निर्वाचनको माध्यमबाट मंसीर ४ पछि एमालेको सरकार गठन हुने र जनताको जीवनस्तर उकास्नेमा बताए । पुर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले एमाले सरकारले अगाडि सारेका अधुरा योजना निर्माणको कामलाई पूर्णत दिने प्रतिवद्धता व्यक्त गरे । 

    images
    images
    images


    सोही अवसरमा बोल्दै नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं रुपन्देही क्षेत्र नम्वर १(२) का प्रदेश सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले गठबन्धन सरकार रहेसम्म नागरिकले सुख प्राप्त गर्न नसक्नेमा बताए । उनले गठबन्धन सरकारका कारण विकास निर्माणका कामहरु अवरुद्ध भएको भन्दै एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई विजय गराउन आग्रह गरे । 

    नेता न्यौपानेले देवदह १०, चरेगेको विकासको लागि नेकपा एमालेको सरकारले योजना अगाडि बढाएपनि गठबन्धन सरकारले बजेट कटौती गरेको आरोप लगाए । 

    एमालेका जिल्ला कमिटी सदस्य मनकुमार कनौजेको अध्यक्षता, शाखा कमिटीका अध्यक्ष एकनारायण रिजालको संचालनमा भएको कार्यक्रममा एमाले र राप्रपाका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।