Logo

२०८३, श्रावण ३०गते


images
images

आमनिर्वाचन - २०७९

रुपन्देहीका स्रष्टाहरूले भने, 'दलाल उत्पादन गर्ने प्रणाली विरुद्ध लड्न घनश्यामले जित्नुपर्छ'

रुपन्देहीका स्रष्टाहरूले भने, 'दलाल उत्पादन गर्ने प्रणाली विरुद्ध लड्न घनश्यामले जित्नुपर्छ'

मेरो वास्तविक परिक्षा सुरू भयो: घनश्याम भुसाल
images
  • रुपन्देहीका स्रष्टाहरूले भने, 'दलाल उत्पादन गर्ने प्रणाली विरुद्ध लड्न घनश्यामले जित्नुपर्छ'
    images
    images

    देवदह । रुपन्देहीमा क्रियाशिल स्रष्टाहरूले दलालहरू उत्पादन गर्ने राजनीतिक प्रणाली विरुद्ध लड्न घनश्याम भुसालले जित्नुपर्ने बताएका छन् । शनिबार देवदहमा आयोजित 'स्रष्टासंग घनश्याम भुसाल' कार्यक्रममा बोल्दै स्रष्टाहरूले अहिलेको निर्वाचन अग्रगमन र पश्चगमन विचको घमासान लडाइँ भएकोले अग्रगामी शक्तिले जित्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै समालोचक तथा लेखक रामचन्द्र श्रेष्ठले अहिलेको निर्वाचन, निर्वाचनमात्रै नभएर विचारको लडाइ भएको बताए । उनले भने, "यो निर्वाचनमा एकातिर कमल थापा र दिपक बोहोराहरू छन् भने अर्कोतिर घनश्याम भुसालहरू ।" नेकपा एमालेतर्फ संकेत गर्दै श्रेष्ठले थपे, "आज एमालेको टिकटबाट कमल थापाहरू निर्वाचन लड्दै गर्दा बर्षौ पसिना बगाएर एमाले पार्टी बनाएका घनश्यामहरूले त्यहाँ स्थान पाएनन् र स्वतन्त्र भुमिकामा लड्दैछन । यसले अहिलेको हाम्रो राजनीति सहि ट्र्याकमा छैन भन्ने संकेत गर्छ । 

    images
    images
    images

    घनश्याम भुसालहरूले गणतन्त्रको लागि आन्दोलन गर्दैगर्दा उनलाई पुर्न खाल्डो खन्नेहरूले एमालेको चुनाव चिन्हबाट निर्वाचन लड्न पाउने तर घनश्याम भुसाल त्यहाँबाट बाहिरिनुपर्ने अवस्था आउनुले राजनीतिक दलहरू भ्रष्टिकरणको दिशामा गैसकेको प्रमाणित हुने उनको भनाइ छ ।

    images
    images
    images

    अहिलेको राजनीतिले दलालहरू उत्पादन गरिरहेको र समाजमा रहेका लेखक, पत्रकार, शिक्षक, कर्मचारी  लगायत सबैमा तिब्र दलालीकरण भैरहेको उल्लेख गर्दै उनले यस प्रकारको दलालीकरण विरुद्ध लड्न घनश्याम भुसालले जित्नुपर्ने तर्क दोहोर्‍याए ।

    कार्यक्रममा बोल्दै आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीका उपाध्यक्ष प्रेम थापा, युगीन साहित्य समाजका सचिव विष्णु विवश पोखरेल, कलाकार तेजु अर्याल लगायतले यस क्षेत्रबाट निर्वाचित हुने सांसदले यस क्षेत्रको पुर्वाधार विकाससंगै कला, साहित्य र संस्कृतिको विकासमा काम गर्नुपर्ने बताएका थिए ।

    मेरो वास्तविक परिक्षा सुरू भयो: घनश्याम भुसाल

    कार्यक्रममा स्रष्टाहरूको जिज्ञासाको जवाफ दिदै  सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्नो वास्तविक परिक्षा सुरु भएको बताए ।आफुहरूले निकै लामो संघर्ष गरेर नेकपा एमाले पार्टीलाई जनताको प्यारो पार्टी बनाएको तर संसद र सरकारमा जनताको मुद्दा उठाउँन एमाले नेतृत्वले बाधा पुर्याएको बताए । "हिजो पार्टीगत रूपमा केही अफ्ट्याराहरू थिए तर अब म स्वतन्त्र छु र मेरो वास्तविक परिक्षा अब सुरु भएको छ ।" उनले भने बोलेको कुरा पूरा गर्छु, कठघरामा उभिन म तयार छु।"

    नेपाली कला, साहित्य र लेखनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले नेताहरूमा सहि सांस्कृतिक चिन्तन आवश्यक रहेको तर्क गरे । पछिल्लो समय नेपाली राजनीति खराब लयमा गुज्रिरहनुमा समेत नेताहरूको समाज र संस्कृतिलाई बुझ्ने सवालमा रहेका समस्या कारक रहेको बताउँदै उनले भने, "अहिले जनताको राजनीतिलाई हेर्ने दृष्टिकोण पनि नकारात्मक रहेको छ । बिग्रेको राजनीतिलाई लेखन, साहित्य तथा विचारको माध्यमबाटै सुधारेर राजनीतिक नेतृत्व र समाजलाई सहि दिशामा हिडाउँन स्रष्टाहरूले भुमिका खेल्नुपर्नेछ ।"

    हिजो तपाइले संसदमा रहेर के गर्नुभयो र अब तपाइलाई फेरि किन संसदमा पठाउने भन्ने स्रष्टाको जिज्ञासामा भुसालले बिगतमा आफू संसदमा रहदा लोकतन्त्र र संविधानको रक्षा तथा पार्टी भित्रको गलत प्रवृत्ति विरुद्ध निर्धक्कका साथ आवाज उठाएको बताए। जनताको साथ, माया र उत्साह देख्दा निर्वाचन जित्छु जस्तो लागेको बताउँदै भुसालले अब संसदमा गएर बाँकी रहेका विकास निर्माणका अधुरा कार्य पूरा गर्ने प्रतिबद्धता जनाए ।

    नेपाली लेखक संघ र अखिल नेपाल लेखक संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रमको मिडिया सहकार्य प्रेस सेन्टर नेपालले गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।