Logo

२०८३, श्रावण ३०गते


images
images

रुपन्देहीको माटोले दिएको संस्कृति बिपरित कहिले पनि भ्रष्ट हुनेछैन: भुसाल

रुपन्देहीको माटोले दिएको संस्कृति बिपरित कहिले पनि भ्रष्ट हुनेछैन: भुसाल

images
  • रुपन्देहीको माटोले दिएको संस्कृति बिपरित कहिले पनि भ्रष्ट हुनेछैन: भुसाल
    images
    images

    रुपन्देही । रुपन्देही क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेद्वारी दिएका घनश्याम भुसालले रुपन्देहीको माटोले दिएको संस्कृति बिपरित कहिले पनि भ्रष्ट नहुने प्रतिवद्धता जनाएका छन् । 

    images
    images
    images

    मंगलवार गठबन्धनले तिलोत्तमा नगरपालिका वडा नं ७ सेमरा बजारमा राखेको एक सभामा बोल्दै भुसालले नेपालको जस्तो समाज, अर्थतन्त्र र लोकतान्त्रिक प्रणालीमा राजनितिक मान्छेहरु जति माथी पुग्यो त्यती भ्रष्ट हुने र सम्पत्ती कमाउदै जाने अवस्था रहेको बताए । 

    images
    images
    images

    भुसालले आफ्नो राजनितिक जिवनमा कुनै भ्रष्ट काम नगरेको र कहिले पनि नगर्ने दावी गरे । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै गठबन्धन तर्फ बाट रुपन्देही क्षेत्र नं १(२) का प्रदेशसभा सदस्य उम्मेद्वार अब्दुल रज्जाकले आफुहरु लोकतन्त्रको रक्षाका लागी प्रतिवद्ध रहेको बताए । 

    रज्जागले यस क्षेत्रको बिकास सँगै संविधानको रक्षा गर्न आफुहरु केही पछि नपर्ने बताए । रज्जाकले जनताको कारणनै देशमा संघिय लोकतान्त्रि गणतन्त्र स्थापना भएकोले यस उपलब्धीको रक्षा जसले गर्छ उसैलाई मतदान गर्ने कुरामा जनता प्रतिबद्ध रहेको आफुलाई बिश्वास भएको जानकारी दिए । 

    गठबन्धनले रुपन्देही क्षेत्र नं १ मा घरदैलो कार्यक्रम गरिरहेको छ । गत आइतवार देखि शुरु भएको घरदैलो कार्यक्रम अन्तर्गत क्षेत्रका ३३ वडाहरु मध्य अहिले सम्म रोहिणी वडा नं १, २, ३, ४, ५, ६, ७, देवदह १०, तिलोत्तमा ७, ८, ९, १२ ओमसतिया ६ लगायत वडाहरुमा घरदैलो कार्यक्रम सकिएको छ भने अन्यमा जारी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।