रमेश बहादुर सिंह,बझाङ । बझाङको सबै भन्दा बिकट मानिने साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ।
जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बझाको साइपाल गाउँपालिकाको पाँच वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।
अहिले सम्म पनि कुनै पनि “सडक सञ्जालले साइपाल जोडिएको छैन”, उनले भने,“त्यहाँबाट बोकाएर ल्याउन कम्तीमा तीन दिन लाग्छ, मतगणना पनि ढिलो हुने भएकाले तत्काल हेलिकप्टरबाट ल्याउने व्यवस्था गरिदिन भनेका छौँ।” मतपेटिका सङ्कलनलाई हेलिकप्टर माग गरिएको र निर्णय आउन भने बाँकी रहेको उनले बताए। बाटोमा मतपेटिका बोकेर ल्याउदा आफुहरु लाइ पनि जोखिम हुने प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology