Logo

२०८३, श्रावण ३०गते


images
images

क्षेत्रको विकासमा स्रोतको कमि हुनेछैन: घनश्याम भुसाल

क्षेत्रको विकासमा स्रोतको कमि हुनेछैन: घनश्याम भुसाल

images
  • क्षेत्रको विकासमा स्रोतको कमि हुनेछैन: घनश्याम भुसाल
    images
    images

    रूपन्देही । सत्तारूढ गठबन्धनको सहयोगमा रूपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले क्षेत्रको विकासमा स्रोतको कमि हुन नदिईने बताएका छन् । बिहीवार तिलोत्तमामा घरदैलो गर्दै नेता भुसालले स्थानीय तहलाई आवश्यक पर्ने स्रोतको व्यवस्थापन आफ्नो दायित्व भएको बताए ।

    images
    images
    images

    मतदातासंग कुरा गर्दै उनले भने, "तपाईंहरूले जिताउँनुभयो भने एउटा सांसदको रूपमा मैले गर्नुपर्ने दायित्वबोध मलाई छ । यहाँको विकास स्थानीय सरकार मार्फत नै हुने हो तर त्यसलाई स्रोतको जोहो गर्ने काम मेरो हुनेछ र त्यो भुमिका मैले पूरा गर्नेछु ।"

    images
    images
    images

    व्यक्ति शक्तिशाली हुने, व्यक्ति मोटाउने र व्यक्तिले शासन गर्ने प्रणालीको अन्त्य गर्दै देशको संविधान, ऎन कानुन र स्थानीयतहमा आउँदा यहाँका सामाजिक संघसंस्था, आमासमूह, क्लबहरू शक्तिशाली हुनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, "लोकतन्त्रमा जनताहरू बलिया हुनुपर्छ, जनताले बनाएका संघसंस्थाहरू बलिया हुनुपर्छ र देशमा विधिको शासन हुनुपर्छ ।"

    images
    images
    images


    यसैबिच रुपन्देही १(१) का उम्मेदवार विश्वनाथ यादवले 
    युवाहरूलाई उत्पादनमा जोड्ने बताएका छन् । देवदह १२ मा घरदैलो पछिको कोणसभालाई सम्बोधन गर्दै नेता यादवले युवालाई उत्पादन सङ्ग जोडेर समग्र क्षेत्रको आर्थिक स्तरोन्नति गरिने यादवले बताए।

    उत्पादन सङ्ग विकास जोडिएकोले कृषि ,कलकारखाना लगायतका क्षेत्रमा युवाहरूलाई प्रोत्साहन गरिने यादवको भनाई थियो। 

    त्यसैगरी रुपन्देही १ (२) का उम्मेदवार अब्दुल रज्जाकले गठबन्धनको जीत भए क्षेत्रको विकासमा सहज हुने बताए । आफ्नो लक्ष यस क्षेत्रको समग्र विकास र समृद्धि भएको उल्लेख गर्दै नेता रज्जाकले पुराना आयोजनाको पुर्णता र रणनीतिक महत्वका नयाँ योजनाको सुरूवात गरिने बताए ।

    घरदैलोमा नेता भुसाल र रज्जाकलाई साधु, सन्तले आशीर्वाद सहित विजयको शुभकामना दिएका थिए ।

    गठबन्धनको घरदैलो अभियान अन्तर्गत बिहीवार तिलोत्तमाका १५,१६ र १७ तथा देवदह-१२ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको निर्वाचन परिचालन कमिटीका संयोजक हिरा बहादुर खत्रीले बताए। रुपन्देही-१ मा देवदह, रोहिणी, ओमसतिया र तिलोत्तमा गरि जम्मा ३३ वटा वडा रहेका छन।L

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।