Logo

२०८३, श्रावण ३०गते


images
images

रूपन्देही-१: यस्ता छन् घनश्याम भुसालका सडक निर्माणका २७ योजना 

रूपन्देही-१: यस्ता छन् घनश्याम भुसालका सडक निर्माणका २७ योजना 

images
  • रूपन्देही-१: यस्ता छन्  घनश्याम भुसालका सडक निर्माणका  २७  योजना 
    images
    images

    रूपन्देही । अहिले रुपन्देही क्षेत्र नं १ मा त्रिभुज चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालको चुनावी घरदैलो र भेटघाट चल्दैछ । प्रत्येक भेटघाटमा मतदाता समक्ष भुसालले क्षेत्र नं १ को विकासकोलागि उत्तरको पाल्पा सिमादेखि दक्षिणको भारतिय सिमासम्म स्तरिय सडक बनाउने योजना सुनाउने गरेका छन् । 

    images
    images
    images

    क्षेत्रको विकासकोलागि भुसालले सबैभन्दा मुख्य प्राथमिकता क्षेत्रको पुर्व-पश्चिम र उत्तर दक्षिणलाई जोड्न स्तरिय सडक पुर्वाधार निर्माण गर्ने योजना बनाएका छन् । रुपन्देही क्षेत्र नं १ मा पुर्व नवलपरासी सिमादेखि पश्चिम तिलोत्तमा नगरपालिकासम्म र उत्तर पाल्पा सिमादेखि दक्षिण भारतिय सिमासम्म क्षेत्र पर्छ ।  

    images
    images
    images

    भुसाल भन्छन्, "क्षेत्रका बिभिन्न स्थानलाई जोड्ने र पुर्वदेखि पश्चिम जोड्ने गरि चारवटा स्तरिय सडक र उत्तरदेखि दक्षिण जोड्ने गरि दुई वटा स्तरिय सडक निर्माण गर्ने योजना रहेको छ ।" उनी अगाडि थप्छन्, "यस योजनालाई सफल बनाउनकोलागि हामी योग्य छौं । जुनकुनै सरकार बनेपनि  आफुहरुले क्षेत्रकोलागि बजेट ल्याउने सवालमा पछि परिनेछैन। प्रधानमन्त्री, कुनै पनि मन्त्रीले आफुहरुले ल्याएको योजना फिर्ता गर्न सक्दैन, हामी त्यो ल्याकत राख्छौ ।"

    images
    images
    images

    भुसालले आफ्नो प्रतिबद्धता पत्रमा पनि यसको झल्को दिएका छन् । क्षेत्रको विकासकोलागि ठुला सडक बनाएर त्यसलाई जोड्न शाखा सडकहरु पनि निर्माण गर्ने योजना भुसालको रहेको छ । भुसालले कुल २७ वटा योजना सडक बिस्तारकोलागि मात्र बनाएका छन् । यसमा पनि आवश्यक्ता र प्राथमिकताको आधारमा आगामी दिनमा थप हुदै जाने भुसाल बताउछन् । 

    भूसालले रुपन्देही क्षेत्र नं १ को अमुवा भन्सार–धकधइ–खैरेनी हुँदै पाल्पा गोठादी मार्ग नाला सहित सडक स्तरवृद्धिको कार्य सम्पन, मंगलापुर कान्छी बजार–गुम्मी–शंकरपुर–बेतानी हुँदै परासी जोड्ने सडक नालासहित स्तरवृद्धि गर्ने, वसन्तपुर–हाटी फर्साटिकर–कान्छी बजार हुँदै भलुही बाहिरी निकासी सडकको रूपमा विकसित गर्ने, बरेवा भन्सार–कोटहवा–सेमरहवा–जमूहानी ६ न. चोक देवी स्थान हुँदै देवदह नगरपालिकाबाट खैरेनी मार्ग नालासहित सडक स्तरवृद्धि गर्ने, भलुही–बाघ कुमार– विशालनगर–बंगाली–पिपरहिया हुँदै केरवानी जाने बाटो पक्की गर्ने, गणेश नगर–प्रदीपनगर–शिवपुर– विष्णुपुरा–बरवलिया–पपरहिया–अमरहवा हुँदै बेलहिया बाइपास सडक जोड्ने, तिलोत्तमा चक्रपथ सडकलाई निरन्तरता दिने योजना अघि सारेका छन् ।  

    यस्तै देवदह–ओमसितया–रोहिणी–तिलोत्तमा समेटेर बृहत चक्रपथ निर्माण गर्ने, शितलनगर–शान्तिनगर हुँदै भवानीपुर सडक नालासहित स्तरवृद्धि गर्ने, शान्तिनगर मुखियाटोल हुँदै विशालनगर जाने सडक नालासहित स्तरवृद्धि गर्ने, देवदह मा.वि. हुँदै लुम्बिनी विश्वविद्यालय जाने सडक नालासहित स्तरवृद्धि गर्ने, भलुही–केउली–सटक खोला र उजेली खोला सडक नालासहित स्तरवृद्धि गर्ने, बुद्धनगर शरनवारी जाने कृषि सडक नालासहित स्तरवृद्धि गर्ने योजना रहेका छन् ।

    त्यसैगरी ठुटीपिपल–वरकुलाहा–करुवानी–कानपारा हुँदै देवदह १२ जनौरा जोड्ने सडक नालासहित स्तरवृद्धि गर्ने, भलवारी–रामनगर–हरैया हुँदै शिवपुर सडक नालासहित स्तरवृद्धि गर्ने, गणेशनगर–शिवपुर–बुधबारे–मक्रहर–वेवरा जाने सडक नालासहित स्तरवृद्धि गर्ने, चौकीडाँडा–बर्मेली टोल–तुकतुकिया–मोहनाजोत–९ नम्बर बजार सडक नालासहित स्तरवृद्धि गर्ने,  ९ न. बजार–वसन्तपुर–सूर्यपुरा सडक नालासहित स्तरवृद्धि गर्ने, मिर्गौली–पिपलडाँडा–तुकतुकिया–मैनहवा–वेवरा सडक नालासहित स्तरवृद्धि गर्ने, कोटिहवा–पर्सहवा–पिपरहिया–गंगौलिया–बरौलिया सडक नाला सहित स्तरवृद्धि गर्ने, बैकुण्ठपुर–खुरहुरिया–भटपुरवा सडक नालासहित स्तरवृद्धि गर्ने, अमुवा–टिकर–बुधबारे–बुचिवरेवा सडक नालासहित स्तरवृद्धि गर्ने, देवदह १० चरङ्गेको रम्भादेबि हुँदै लडियाबास रि• रोड जोड्न पुल निर्माण गरि सडक स्तर उन्नति गर्ने,  देवदह–१० भलुहीको बुद्धपथ देखि वडा कार्यालय जाने वडा पहुँच सडकको स्तरोन्नती गर्ने योजना अगाडी ल्याइएको छ । 

    यस्तै भलुही र चरङ्गेमा अवस्थित मुल सडक तथा भित्री सडकहरुको नालासहित स्तर उन्नति गरी त्यहाँ रहेका पार्क, मठ मन्दिर सामुदायिक भवनको स्तर उन्नति गरी नदि कटानलाई व्यवस्थित गर्ने, पाल्पा जोड्ने बैकल्पिक मार्गको स्तर उन्नति गर्ने, प्रादेशिक यातायात योजना अन्तर्गत यस क्षेत्रका सडकहरूलाई समावेश गर्ने योजना ल्याइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।