Logo

२०८३, श्रावण ३०गते


images
images

स्वतन्त्र वामबुद्विजिविद्वारा घनश्याम भुसाल सहित गठबन्धनकाे पक्षमा मतदान गर्न अपिल

स्वतन्त्र वामबुद्विजिविद्वारा घनश्याम भुसाल सहित गठबन्धनकाे पक्षमा मतदान गर्न अपिल

images
  • स्वतन्त्र वामबुद्विजिविद्वारा घनश्याम भुसाल सहित गठबन्धनकाे पक्षमा मतदान गर्न अपिल
    images
    images

    देवदह । स्वतन्त्र वामबुद्विजिवीहरूले रूपन्देही क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेद्वार घनश्याम भुसालकाे पक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।

    images
    images
    images

    शनिबार रूपन्देहीको देवदहमा बसेकाे स्वतन्त्र वामबुद्विजिवहरूकाे भेलाले प्रतिनिधिसभामा भुसाल र  प्रदेशतर्फ वाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउने निर्णय गरेकाे हाे । 

    images
    images
    images

    एमाले अध्यक्ष केपि ओलीका कारण कम्युनिस्ट आन्दोलन धारासायी भएकाे ठहर सहित संविधान, गणतन्त्र र संघियताको रक्षाका लागि प्रतिनिधि सभामा वाम लाेकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने ठहर गरेकाे स्वतन्त्र वामबुद्विजिवि विष्णुप्रसाद पाैडेलले बताए । 

    images
    images
    images

    भेला पाैडेलकै अध्यक्षतामा बसेकाे हाे । भेलाले संविधानमाथि अझै खतरा रहेकाले संवसधानकाे रक्षा गर्ने शक्तिलाई मत दिन समेत रूपन्देही निर्वाचन क्षेत्र न. १ का मतदातालाई आग्रह गरेकाे छ । 

    भेलामा वामपन्थी नेता तिलाेत्तमा ११ का पूर्व जनप्रतिनिधि मुक्ति चाैधरी,  लेखक/वामबुद्विजिवि सिद्विचरण भट्टराई, दुर्गा पाैडेल, खडक क्षेत्री, चिरञ्जीवी काफ्ले, भिमदेव काफ्ले, थानेश्वर भट्टराई, डिबि माेक्तान लगायतले बाेल्दै देशकाे विकास र संविधान रक्षाका लागि वाम लाेकतान्त्रिक गठबन्धनलाइ विजयी गराउनुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।