Logo

२०८३, श्रावण ३०गते


images
images

घनश्यामलाई भत्केको बाटो देखाउँदै मतदाताले भने, 'तपाईंले बनाउँनुहुन्छ भन्ने आश छ'

घनश्यामलाई भत्केको बाटो देखाउँदै मतदाताले भने, 'तपाईंले बनाउँनुहुन्छ भन्ने आश छ'

images
  • घनश्यामलाई भत्केको बाटो देखाउँदै मतदाताले भने, 'तपाईंले बनाउँनुहुन्छ भन्ने आश छ'
    images
    images

    रुपन्देही । सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल यतिबेला मतदाता भेटघाटमा व्यस्त छन् । नेता भुसालले मतदाताको घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेण्डाको विषयमा जानकारी गराइरहेका छन् ।

    images
    images
    images

    आइतबार रोहिणी गाउँपालिकाका भित्री बस्तीमा उनी पुग्दा शिक्षा, स्वास्थ्य र सडकको पहुँच राम्रोसँग पुग्न नसकेको भन्दै मतदाताले गुनासो गरे । भत्केको सडक देखाउँदै स्थानीय छेदि गुप्ताले भुसालसँग भने, ‘यो बाटोको हालत हेर्नुहोस्, पहिलेका जनप्रपितनिधिले गरेनन्, तपाईंको आश छ, यसअघि सांसद जितेर गएपछि फर्केर आउनुभएन, तपाईं त्यसो नगर्नुहोला ।’ आफूहरू पटक–पटक ठगिएको भन्दै स्थानीय वृद्ध मतदाता गुलहसन नाउँले पनि  आफ्नो गुनासो पोखे । उनले भने, ‘अरूभन्दा तपाईं जानेबुझेको राम्रो व्यक्ति देखेका छौँ, तपाईं यहीँको मान्छे पनि हो,  विकास गर्नुहोला, अरुले जस्तो भ्रष्टाचार नगर्नुहोला ।’ 
    स्थानीय अर्की मतदाता सुभावती यादवले भत्किएको बाटोले बारम्बार साइकल पन्चर हुने गरेको गुनासो गरिन् । साइलक समेत राम्ररी चल्न नसक्ने बाटोमा किसानले उत्पादन गरेका तरकारी ढुवानी गर्न निकै कठिन भएको उनले बताइन् ।

    images
    images
    images

    भुसालले यस क्षेत्रको विकासका लागि आफूले इमानदार भएर काम गर्ने र बोलेको कुरा पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाए । उनले भने, ‘शिक्षा, स्वास्थ्यको अवस्था नाजुक छ, सडकका खाल्डाखुल्डीको अवस्था उस्तै छ, यस विषयमा म निकै चिन्तित छु, अब मैले काम गरेर देखाउने छु ।’ मतदाता भेटघाटका क्रममा भुसालले रोजगारी बृद्धि, गरिबी नियन्त्रण, निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा, लगायत जनचासो र सरोकारका विषयमा आफू सधै प्रतिबद्ध रहेको बताए । दैनिक गुजाराका लागि रोजगारी सिर्जना नहुँदा युवाहरु भारत तथा तेस्रो मुलुक पलायन हुने बाध्यता रहेको भन्दै स्वदेशमै रोजगारीको सृजनाको लागि आफू प्रतिबद्ध भएर लाग्ने उनले बताए ।

    images
    images
    images

    भुसालले आफ्नो घोषणा पत्रमा समेत २७ वटा सडक विस्तारका योजना उल्लेख गरेका छन् । पूर्वपश्चिम र उत्तरदक्षिण जोड्ने सडक र भित्री सडकको समेत योजना बनाएका भुसालले स्तरीय सडक, खानेपानी, विद्युत तथा निःशुल्क शिक्षा र स्वास्थ्य तथा कृषि एवं उद्योग–ब्यापारमा युवाहरूलाई रोजगारीको ग्यारेन्टी गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।