देवदह । संसद विघटनको विरोधमा देशव्यापी राजनीतिक आन्दोलन चल्दै गर्दा नेकपा माओवादी केन्द्रले पनि देशका मुख्य-मुख्य शहरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीले केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।
यसैक्रममा रुपन्देहीको बुटवल, देवदह, भैरहवा र ओम सतिया, रोहिणि लगायतका स्थानमा समेत पुत्ला दहन गरिएको पार्टीले जनाएको छ ।
देवदह खैरेनीमा आयोजीत पुत्लादहन कार्यक्रममा बोल्दै नेकपा नेता गोविन्द पंगेनीले प्रतिगमनलाई घुँडा टेकाएरै छोडिने बताए । माओवादी केन्द्र, देवदह नगर संयोजक केदारनाथ काफ्लेद्वारा संचालित कार्यक्रममा पार्टीका जिल्ला तथा नगरस्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology