भैरहवा । आइतबार बिहान ८ः३० मा रोहिणी गाउँपालिकास्थित एक गाउँमा हामी पुग्दा घनश्याम भुसाल घरदैलो गर्दै थिए । मतदातालाई नमस्कार गर्थे, आफ्ना एजेन्डा सुनाउँथे । उनीसँगै घरदैलोमा रहेका शुभेच्छुक र सत्ता गठबन्धन दलका स्थानीय नेता कार्यकर्ताहरुले पनि भुसाललाई मत माग्थे, निर्वाचन चिन्ह चिनाउँथे । सधै मुसुक्क हाँसेर बोल्ने बौद्धिक र तार्किक क्षमताका भुसाल मतदातालाई भेट्दा मुस्कुराउँथे तर केही थकानको अनुभूति भने उनको अनुहारमा भफ्ल्किन्थ्यो । सायद, निर्वाचनको दौडमा हतार–हतार भएर होला ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने मिति कार्तिक २३ गतेको अघिल्लो दिन नेकपा एमाले परित्याग गरेका बामपन्थी एवं बैचारिक नेता भुसाल अहिले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार छन् । भुसालले एमाले परित्याग गरेपछि सत्ता गठबन्धनले भुसाललाई समर्थन गरेको छ । अहिले भुसाल मतदाता भेटघाटमा ‘तुफान’ गतिमा कुदिरहेका छन् ।
पाँच दलीय गठबन्धनसँगै यहाँ भुसाललाई जनमुत्तिफ् पार्टीले पनि समर्थन गरेको छ । प्रदेशतर्फ क्षेत्र नम्बर १ (१) मा कांग्रेस नेता विश्वनाथ यादव र १(२) मा कांग्रेसकै अब्दुल रज्जाक उम्मेदवार छन् । अहिले पाँच दलीय गठबन्धन भुसालसहितका उम्मेदवारलाई जिताउन निरन्तर लागेको निर्वाचन परिचालन कमिटीका संयोजक हिराबहादुर खत्रीले बताए । ‘हामीले प्रतिनिधिसभा र प्रदेशतर्फ दुबै क्षेत्र जित्छौं भन्ने आत्मबलका साथ लागिराखेका छौं,’ उनले भने, ‘सबै हिसाबले निर्वाचन हाम्रो पक्षमा आइसकेको छ ।’
भुसाल एमालेमा गुटगत राजनीतिले प्रताडित नेताहरुमध्ये मुख्य नेतामा पर्छन् । सधै जनजीविका सवाल र विकासका मुद्दा उठाउने उनलाई कतिले ‘विद्रोही क्रान्तिकारी’, कतिले ‘बौद्धिक त्रफन्तिकारी’, कतिले ‘बैचारिक क्रान्तिकारी’, कतिले ‘मुलुकको परिवर्तन चाहने क्रान्तिकारी’ त कतिले ‘बोल्ने मात्र काम गर्न नसक्ने क्रान्तिकारी’ भनेर चित्रण गर्छन् । जसले जसरी चिने पनि उनको सिद्धान्त, विचार र ‘सादगी जीवनशैली’प्रति ठूलो जमात मन्त्रमुग्ध छ । उनीप्रति सहानुभूति राख्छ ।
विधि, शासन पद्धति, विचार, सिद्धान्त, विकासका मोडेलमा सधैजसो एमालेमा रहँदा भुसालले फरक मत राखे । विकासले सुरुमा शासकलाई होइन्, आमनागरिकलाई परिवर्तनको महसुस गराउनुपर्छ भन्नेमा आपफ् प्रष्ट रहेको उनी बताउँछन् । २०७४ मा क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेपछि भुसालले क्षेत्रको विकासमा ध्यान नदिएको आरोप अहिले उनका प्रतिस्पर्धीले चर्को स्वरमा उठाएका छन् । यहीँ प्रश्नको सेरोफेरोमा रहेर घरदैलो गरिरहेका भुसालसँग यसबारे हामीले केही बुझ्ने प्रयास गर्यौ । यसपछि उनले आफुले गरेका कामबारे बताए ।
उनले सुरुमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई सहजीकरण गरी पुरा गराउन भूमिका खेलेको बताए । ‘विमानस्थल निर्माणको क्रममा मैले बजेट अभाव हुन नदिन निरन्तर लागेँ, यसले सार्थकता पनि पायो, अब केही काम बाँकी छन्, ती पूरा गर्न पनि निरन्तर पहल गर्नेछु’, भुसालले भने, ‘यससँगै जनताको जग्गा अधिग्रहण भएबापत पाउने रकममा भएको विचौलिया चलखेल रोकेँ । हाल प्रभावित बासिन्दालाई रोजगारी उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखिएको छ ।’ उनले तिनाउ र दानव नदीमा दर्जनौं पुल निर्माणमा बजेट पार्न सफल भएको र कति सम्पन्न भएको र कति हुने क्रममा रहेको बताए । स्थानीयका अनुसार भुसालकै पहलमा रोकिएको बेलबास–बेथरी सडक डिजाइन परिवर्तन गरी निर्माण पुनः सुरु भएको थियो भने अहिले सम्पन्न हुने चरणमा पुगेको छ ।
भुसालको पहलले धेरै योजनाले सार्थकता पाएको यसअघिका जनप्रतिनिधिहरु पनि बताउँछन् । भुसालले दिएको जानकारी अनुसार लुम्बिनी बुद्ध परिपथ निर्माण आयोजना सम्पन्न भएको छ । देवदहबाट आरम्भ भएको यो योजना मणिग्राम हुँदै शुद्धोधन, गैडहवाको गुलरिया चोकसम्म निर्माण सम्पन्न भएको छ भने मणिग्राममा बन्नुपर्ने पुल तयार भएको छ ।
कोरोला नाकादेखि सुनौली सडक एवम् कालीगण्डकी करिडोर आयोजना सडक निर्माण कार्य अघि बढ्दै गर्दा हाल सुनौलीबाट जोमसोम जाने यात्रुबाहक बस सञ्चालनमा आएको छ । भैरहवादेखि लुम्बिनीसम्मको हुलाकी सडक चार लेनमा विस्तार भएको छ । ‘यो योजना ल्याउन र कार्यान्वयन गर्न उहाँ (भुसालको ठूलो योगदान छ’, सिद्धार्थनगर नगरपालिकाका निवर्तमान उपप्रमुख उमा काफ्ले भन्छिन्, ‘भुसालको पालामा क्षेत्र नम्बर ३ र रुपन्देहीमा धेरै योजना भित्रिएका छन्, विकासले दीर्घकालीन काँचुली फेर्दैछ ।’
भुसालकै पहलमा सिद्धार्थनगरमा निर्माणधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको गुरुयोजना तयार गरि बहुबर्षिय कार्यक्रम स्वीकृत भइ निरन्तर बजेट आइरहको छ । तिनाउ–दानव नदीमा सञ्चालित जनताको तटबन्ध कार्यक्रमले निरन्तरता पाइरहेको छ भने क्षेत्रका अन्य नदीहरुले गरेको कटान नियन्त्रणका लागि पनि जनताको तटबन्ध कार्यत्रफ्म विस्तार भएको छ । तिनाउ करिडोरको विकास गर्न तिलोत्तमाको अमुवा पुलसम्म डीपीआर तयार भइ ठेक्का भएको छ भने थप मर्चवारसम्म नै विस्तार हुनेगरी लागत र डिजाइन इस्टिमेटको काम यसै आर्थिक बर्षमा पुरा हुनेछ ।
भैरहवा र रुपन्देहीको दक्षिणी भेगमा कायम रहेको लोडसेडिङ हटाउने भन्दै २०६७ देखि सुरु भए पनि रोकिएको मैनहिया सबस्टेशन निर्माण कार्य अहिले पूरा भएको छ । ‘यो योजना पूरा गर्न भुसालको सबैभन्दा महत्वपूर्ण हात छ’, काफ्लेले भनिन्, ‘अहिले यो योजनाको वितरण सञ्जाल तयार हुँदै छ । भैरहवा र औद्येगिक क्षेत्रको विद्युत समस्या समाधान गर्न यो योजना कोशेढुंगा भएको छ ।’ बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार अयोजनाको काम सम्पन्न भएको छ तर बेलहिया र बुटवलततर्फ अझै काम बाँकी भए पनि प्रशासनसँगको समन्वयमा ठेकेदारलाई तदारुकता गराउने कार्य भइरहेको भुसाल बताउँछन् ।
डण्डा खोलालाई व्यवस्थित गरि पर्यटन विकास गर्ने कार्य अघि बढेको छ । अहिले डण्डा करिडोरको योजना एडीबीको योजनामा पठाइएको छ । भैरहवा र परासी सडक गरी दुई तिरबाट विद्युत आपूर्ति तयार भएको छ । ५ वटा सामुदायिक क्याम्पसमा नयाँ विषय अध्ययन तथा प्राविधिक शिक्षाको विस्तार भएको छ । ‘म मन्त्री भएपछि कृषिको मुख्य जिम्मेवार पालिकाहरुलाई बनाउने नीतिगत व्यवस्थाका कारण बालिको पकेट क्षेत्र सञ्चालन पालिकाहरुको अधिनमा आएको छ’, भुसालले भने, ‘यसले दीर्घकालीन रुपमा राम्रो प्रभाव पार्ने छ ।’ उनले आफ्नो पहलमा क्षेत्र नं. ३ लाई माछाको सुपरजोन बनाई अन्य क्षेत्रका केही पालिकालाई पनि समाबेश गराइएको जनाए । यस्तै ‘एक क्षेत्र, एक उत्पादन कार्यक्रम’ लागु गरी कृषिलाई औद्योगिकरण गर्नका लागि पकेट उत्पादन कार्यक्रम यही उदेश्यअनुरुप पालिकाहरुमा हस्तान्तरण गरिएको बताए ।
‘बीउ तथा मल वितरणको जिम्मा सहकारीलाई दिने नीतिगत व्यवस्था पनि यही कारण गरिएको थियो’, आफु कृषि मन्त्री हुँदाको अनुभव सुनाउँदै भुसालले भने, ‘परम्परागत रुपमा चलिआएका कृषि बजारको प्रवर्द्धनका लागि हाटबजारहरुलाई स्तरीय र व्यवस्थित बनाउन स्थानीय तहलाई सहयोग गरिएको थियो । क्षेत्र नं. ३ का कुल १३ वटा हाटबजारहरुको विकासका लागि बजेट विनियोजन भएको थियो । भैरहवामा ४५ करोडको आधुनिक कृषि बजार भवन तयार समेत गरिएको छ ।’ भुसालले आफु कृषिमन्त्री हुँदा समयमै मल खरिद नगर्ने ठेकेदारलाई पहिलोपटक कारबाही गरेर १० करोड रुपैयाँ राज्यको ढुकुटीमा जम्मा गर्न सपफ्ल भएको समेत बताए ।
‘पहुँचका आधारमा ठेकेदारले मल खरिदमा गर्ने बद्मासीलाई मैले कारबाही गरेर एउटा थिती बसालेँ’, उनले भने, ‘त्यसपछि बंगलादेशसँग मल खरिद प्रक्रिया सुरु गरेँ । यो कुराले राष्ट्रियरुपमा निकै महत्व राखेको छ ।’ उनले कृषि विकासमा आफुले नीति बनाउन सकेको र यसले आगामी दिनमा मुलुकको कृषिलाई सुधार गर्न महत्वपूर्ण योगदान दिने जनाए । ‘मलाई मल दिन सकेन भनेर दुष्प्रचार गरियो, एउटा मन्त्रीले गर्ने काम मैले गरेको छु, सरकार र किसान ठग्ने ठेकेदारलाई कानूनी दायरामा ल्याएको छु’, उनले भने, ‘यो ऐतिहासिक कदम थियो । अर्कातर्फ नीतिगत सुधार धेरै भएका छन्, ती नीति कार्यान्वयन हुँदा नेपालको कृषि क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्छ ।’
भुसालका सहयोगी मनोजकुमार रिजालले पाँच वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकासका क्षेत्रमा उल्लेख काम भएको बताए । ‘उहाँ (भुसाल) को पहलमा भैरहवामा ४ वटा, सियारीमा ३ वटा, शुद्धोधनमा नयाँ भवनसहित २ वटा प्राविविधक विद्यालय सञ्चालन भएको छ । क्षेत्र नं. ३ मा रहेका ९२ वटा विद्यालयहरुमध्ये ८७ वटा विद्यालयमा कुनै न कुनै स्वरुपको भौतिक संरचनाको निर्माणका लागि बजेट विनियोजन भएको छ,’ उनले भने, ‘यी काम नदेख्ने तर केही गरेन भनेर प्रचार गर्नु गलत हो ।’
उनका अनुसार बारम्बार अनुरोध गर्दा पनि तत्कालीन समयमा एमालेका क्षेत्रीय इन्चार्जले घनश्याम भुसालको संसदीय सम्पर्क कार्यालयमापफर््त् भुसालले गरेका कामहरुलाई पार्टीमा रिपोर्टिङ गर्नका लागि बैठकमा बोल्ने समय माग्दा वास्ता नै गरेका थिएनन् । ‘गुटगत आस्थाका कारण भुसालका योजना र प्रयासहरु ओली एमालेहरुले प्रचार नै हुन दिएनन्, तथ्यगतरुपमा धेरै काम भए तर बाहिर ल्याइएन, यही कारण पनि काम नगरेको जस्तो देखिएको हो । विस्तारै कामले मूर्तरुप लिँदै गए, पार्टीले प्रचार नगरे पनि जनताले आभाष भने गरेको हामीले पाएका छौं’, रिजालले भने । उनले भुसालले राष्ट्रिय रुपमै महत्व र प्रभाव राख्नसक्ने काम भुसाल कृषि मन्त्री हुँदा भएको दावी गरे ।
उनले भुसालकै पहलमा सबै वडामा स्वास्थ्य क्लिनिक सञ्चालन गराएको बताए । ‘सियारीमा अस्पताल बनाइएको छ । भैरहवाको भीम अस्पताललाई स्तरोन्नती गरी विशेषज्ञ सेवासहितको सुविधा सम्पन्न बनाउने काम अघि बढेको छ । यहाँ एक सय शैया बनाउन स्तरोन्नती गरी नयाँ गुरुयोजना अनुरुप निर्माण कार्य सुरु भएको छ’, उनले भने, ‘यो सबै काम भुसालको पहलमा भएका हुन् ।’ सियारी गाउँपालिकामा १५ र २५ शैयाका अस्पताल निर्माणको अवस्थामा छन् । आँखाको उपचारका लागि पनि अस्पतालको विस्तार र पहुँच बनाइएको छ । शुद्धोधनको अस्पताललाई सुधार गरिएको छ ।
रिजालका अनुसार भैरहवामा २, सियारी, शुद्धोधनका साथै सेमलारमा पार्क निर्माण भएको छ । बेलबास–बेथरी सडकका कारण विस्थापितलाई क्षतिपूर्तिसहित व्यवस्थापन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यत्रफ्मलाई प्रभावकारी बनाइएको छ । पालिका तहमा खेलकुद परिषद् गठन, सेमलार, तिलोत्तमा र सिद्धार्थनगरमा कभर्ड हल निर्माण, रंगशालाको गुरुयोजना तयार गरि निर्माणकार्य आरम्भ भएको छ । सियारी, सिद्धार्थनगर, शुद्धोधनमा रंगशाला निर्माण जारी छ । संचार क्षेत्रको विकासका लागि लुम्बिनी प्रेस क्लबको भवन निर्माणमा सहयोग गरिएको रिजालले बताए ।
‘मोतिपुर औद्योगिक क्षेत्रको डीपीआर तयार गरिएको छ । २०२७ सालदेखि बसोबासका रुपमा रहेका नागरिकको व्यवस्थापन नहुञ्जेललाई यो कार्य रोकिएको छ’, उनले भने, ‘मन्दिरको पर्यटकीय महत्वको विस्तारका लागि सुन्दर दह निर्माण भएको छ भने मसानघाटलाई व्यवस्थित गरी सुन्दर पार्कको निर्माण गरिको छ ।’ विभिन्न ठाउँमा पार्किङ निर्माण, नन्दभाउजु ताल, वन जग्गाको सीमा निर्धारण लगायतका कार्य सम्पन्न भइसकेका छन् । बेलहियामा पर्यटन सूचना केन्द्रको स्थापना भएको छ । मेयर आबास कार्यक्रममा विपन्नहरुलाई घर बनाई हस्तान्तरण गरिएको छ । सिद्धार्थनगरमा–३, सियारी–७ र शुद्धोधन–४ मा स्थानीय आवश्यकताका आधारमा रंगशालाहरु निर्माण भइ प्रयोगमा आइसकेका छन् भने थप आधुनिकीकरणको कार्य भइरहेको छ ।
भैरहवामा सडकका दुबैतर्फ खानेपानीको पाइप विस्तार गरिएको छ भने आवश्यक संख्यामा मायादेवी, सियारी, शुद्धोधन र सेमलार तथा मोतिपुर क्षेत्रमा खानेपानीका ओभरहेड ट्यांकी बनाइएको छ । भुसालले सांसद हुँदा सधै विकास र जनजीविकाका मुद्दा उठाए तर एमालेको गुटगत लडाइका कारण उनका कामको प्रचार नहुँदा उनलाई गाली गर्ने जमात पनि उत्तिकै छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology