Logo

२०८३, श्रावण ३०गते


images
images

सरनवारीलाई 'आर्गानिक जोन'को रुपमा विकास गर्छु: भुसाल 

सरनवारीलाई 'आर्गानिक जोन'को रुपमा विकास गर्छु: भुसाल 

images
  • सरनवारीलाई 'आर्गानिक जोन'को रुपमा विकास गर्छु: भुसाल 
    फाइल फोटो
    images
    images

    देवदह । सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले सरनवारी गाउँलाई 'आर्गनिक जोन' को रुपमा स्तरवृद्धि गरि कृषिको नमुना गाउँको रुपमा विकास गरिने बताएका छन् । सोमबार देवदहको सरनावारी गाउँमा मतदातासंग कुरा गर्दै भुसालले सरनावारी कृषिको रुपमा पर्याप्त सम्भावना बोकेको ठाउँ भएको उल्लेख गर्दै यसको विकासको लागि आफु प्रतिबद्द भएर लाग्ने बताएका हुन् । 

    images
    images
    images

    सरनवारीमा उत्पादन भएका कृषिजन्य उत्पादन संकलनका लागि कृषि उपज संकलन केन्द्र र शीत भण्डारणको स्थापना गरि उत्पादित बस्तुको भण्डारण र बजाणीकरणका लागि व्यवस्थापनमा अहम भूमिका खेल्ने समेत भुसालले बताए ।

    images
    images
    images

    कृषि आधुनिकरण र उत्पादन बृद्दीका लागि कृषकलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था , सिचाई, मल, बिउ बिजनको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने समेत भुसालको भनाई थियो  । 

    images
    images
    images

    मतदाताले उम्मेदवार भुसाललाई सडकको समस्याको बिषयमा अवगत गरेका थिए । कच्ची सडक भएको कारण बजार सम्म उत्पादित बस्तु ल्याउन असहज भएकोले सडक निर्माणका लागि पहल गारिदीन आग्रह गरेका थिए ।

    यतिबेला उम्मेद्वारहरु घरदैलो अभियानमा व्यस्त छन् । अभियान अन्तर्गत सोमबार देवदहको वडा नम्बर ५ र ६ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको निर्वाचालन परिचालन कमिटिका संयोजक हिरा बहादुर केसीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।