कृष्ण अन्जान, गुल्मी । प्रतिनिधि सभाका लागि गुल्मी क्षेत्र न १ का उम्मेदवार प्रदिप कुमार ज्ञवालीले यो निर्वाचन गठबन्धनले जित्नु भनेको देशले हार्नु भएको बताएका छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिकाका विभिन्न वडाहरुमा स्थानीय जनसमुदायसँग छलफल अन्तरकृया र भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनले देशका लागि कुनै राम्रो काम नगरेको बताए ।
गठबन्धनले अस्थिरता, अस्तव्यस्तता, अनिश्चितता तिर मुलुकलाई धकेलेको उनको आरोप छ ।
ज्ञवाली यतिबेला मत माग्दै गाउँगाउँ र टोलटोलमा पुगिरहेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology