रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार घनश्याम भुसालले देवदहलाई बुद्ध मावलीको रुपमा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि पहल गर्ने बताएका छन्। मंगलबार देवदहमा घरदैलो पछि भएको कोणसभामा बोल्दै भुसालले विश्व जगतलाई देवदहको महत्व लुम्बिनीकोभन्दा कम नभएको बताउन ढिला भैसकेको बताए ।
यसअघि पनि विभिन्न मन्चमा देवदहलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न सकिने सम्भावना रहेको र त्यसका लागि सबै सम्भावनाको ढोका ढकढक्याइने बताउँदै आएका भुसालले त्यसो हुन सके देवदहको विकासले नयाँ फड्को मार्ने कुरा दोहोर्याए ।
देवदह-७ को घरदैलो अभियान पछिको कोण सभालाई सम्बोधन गर्दै नेता भुसालले देवदह क्षेत्र पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको कारण यसको उत्खनन, प्रबर्दन र प्रचार प्रसारको लागि आफ्नो अहम भूमिका रहने बताए ।
रुपन्देही १ पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना रहेको क्षेत्र भएको बताउंदै गौतम बुद्दको मावली क्षेत्र देवदह, भवानीपुर पाकड़ी क्षेत्र, बैरीमाइ, कन्यामाइ, खयरडांडा , पुस्करानी दह , माथागढ़ी जस्ता पुरात्विक स्थानहरुको संरक्षण तथा सम्बर्धन गरि पर्यटकीय क्षेत्रको विस्तर गरिने र पर्यटकको माध्यम बाट आर्थिक स्तर उकास्न पहल गरिने समेत भुसालले प्रतिबद्दता जनाए ।
घरदैलो अभियान अन्तर्गत मंगलबार देवदहका ७ , ८ र ९ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको संयुक्त निर्वाचालन परिचालन कमिटिका संयोजक हिरा बहादुर केसीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology