Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहको विकासले लुम्बिनी प्रदेशको विकासको  प्रतिनिधत्व गर्छ: भुसाल 

देवदहको विकासले लुम्बिनी प्रदेशको विकासको  प्रतिनिधत्व गर्छ: भुसाल 

images
  • देवदहको विकासले लुम्बिनी प्रदेशको विकासको  प्रतिनिधत्व गर्छ: भुसाल 
    images
    images

    रुपन्देही । सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही-१ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले देवदह क्षेत्रको विकासले समग्र लुम्बिनी प्रदेशको विकासको  प्रतिनिधत्व गर्ने बताएका छन्  । रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गत देवदहका बिभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्दै भुसालले पर्यटन प्रबर्दनको माध्यमबाट क्षेत्रको विकासमा अहम् भूमिका खेल्ने बताए  ।

    images
    images
    images

    गौतम बुद्धको मावली क्षेत्र देवदह आफैमा महत्व बोकेको एतिहासिक क्षेत्र भएको तर लुम्बिनी जत्तिकै विकास हुन नसकेको महसुस आफुले गरेको बताउँदै भुसालले यस क्षेत्रका पुरातत्विक एतिहासिक क्षेत्र भवानीपुर पाकड़ी क्षेत्र, बैरीमाइ, कन्यामाइ, खयरडांडा, पुस्करानी दह, माथागढ़ी जस्ता पुरात्विक स्थानहरुको संरक्षण तथा सम्बर्दन गरि पर्यटकीय क्षेत्रको विस्तार गरिने र पर्यटनको माध्यमबाट स्थानीयको आर्थिक स्तर उकास्न पहल गरिने प्रतिबद्दता जनाए ।

    images
    images
    images

    गौतम बुद्धको जन्मस्थल लुम्बिनीसंग प्रत्यक्ष सम्बन्ध जोडिएको देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापनाको लागि जग्गाको समेत व्यवथापन भैसकेको अवस्थामा अब विश्वविद्यालय बने पश्चात देवदहको विकासले थप गति लिने उनको भनाइ छ। लुम्बिनी आउने पर्यटकलाई देवदहसम्म आउने वातारण मिलाउन र सोहि अनुसारको पुर्वाधार विकासमा आफुले भूमिका खेल्ने उनको भनाइ छ ।

    images
    images
    images

    यसैविच गठबन्धनबाटै प्रदेश सभा सदस्य पदका उम्मेदवार विश्वनाथ यादवले देवदह र क्षेत्र नं. १ कै अव्यवस्थित बसोवास र भुमिहिनको समस्या समाधान आफ्नो पहिलो प्राथमिकता रहेको बताए । क्षेत्रको सुकुम्बासी समस्या पुर्ण रुपमा समाधान गर्ने उनको भनाइ छ ।

    घरदैलो अभियान अन्तर्गत मंगलबार देवदहका  ३,४ र तिलोतामा १० मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको संयुक्त निर्वाचालन परिचालन कमिटिका संयोजक हिरा बहादुर केसीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।