Logo

२०८३, श्रावण ३०गते


images
images

चितवनका ३ क्षेत्रमा अगाडि बढ्दै घन्टी

चितवनका ३ क्षेत्रमा अगाडि बढ्दै घन्टी

images
  • चितवनका ३ क्षेत्रमा अगाडि बढ्दै घन्टी
    images
    images

    चितवन । तीन निर्वाचन क्षेत्र रहेको चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रभावशाली रूपमा अगाडि आएको छ। यहाँ स्वतन्त्र पार्टीका उम्मेदवारहरूले पुराना राजनीतिक दललाई कडा चुनौती दिइरहेका छन्।
    चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले नेपाली कांग्रेसका विश्व पौडेललाई १२ सयभन्दा बढी मतले पछि पारेका छन्।

    images
    images
    images

    पछिल्लो परिणामअनुसार घन्टी चिह्न लिएर चुनाव लडिरहेका स्वतन्त्र पार्टीका हरि ढकालले ५०९८ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका विश्व पौडेलले ३८८४ मत ल्याएका छन्। उनीहरूबीच १२१४ मतको अन्तर छ।
    यहाँ नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रो स्थानमा छन्। उनले ३८८० मत ल्याएका छन्।

    images
    images
    images


    स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नै चुनावी मैदानमा होमिएको चितवन-२ मा उनले नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उछिनेका छन्। लामिछाने अहिले यहाँ दोस्रो स्थानमा छन्।
    अहिलेसम्म ७०४१ मत गन्दा रवि लामिछानेले २२२७ मत ल्याएका छन् भने उमेश श्रेष्ठको मत २०३६ मत छ।

    images
    images
    images


    यहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। उनले २३३१ मत ल्याएका छन्।
    त्यस्तै चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल तेस्रो स्थानमा पुगेकी छन्। उनले २७२० मत ल्याएकी छन्।


    पछिल्लो परिणामअनुसार यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता लिएका छन्। उनले ३०८७ मत प्राप्त गरेका छन्।
    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले छाडेको चितवन-३ मा माओवादी उम्मेदवार भोजराज अधिकारी दोस्रो स्थानमा सीमित छन्। उनले २८४१ मत पाएका छन्।


    नेपाली काग्रेसका बागी उम्मेदवार दिनेश कोइराला भने चौथो स्थानमा झरेका छन्। माछा चिह्न लिएर चुनाव लडेका कोइरालाले २५५७ मत ल्याएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।