राजेश पराजुली, पोखरा । कास्की क्षेत्र नं. २ ‘ख’मा नेकपा एमालेका भीम कार्की विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीलाई पराजित गरेका हुन् ।
बुधबार बिहान सकिएको मतगणनाअनुसार कार्कीले १० हजार ५३१ मत पाउँदा उनका निकटतम् राप्रपाका भण्डारीले ५ हजार ८९३ मत पाएका छन् ।
पोखरा ३३ भरतपोखरीका कार्की संसदीय निर्वाचनको पहिलो प्रयासमै सफलता हासिल गरेका हुन् । उनले गोरखा र मनाङमा पार्टी विस्तार तथा संगठन निर्माण महत्वपूर्ण भूमिका खेलेका थिए ।
भूमि सम्बन्धी समस्या समाधान आयोगको प्रवक्ता रहिसकेका कार्की नेकपा एमालेको केन्द्रीय सदस्य छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका विश्वप्रकाश लामिछाने तेस्रो स्थानमा रहे । उनले ५ हजार ५४० मत ल्याएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology