राजेश पराजुली,गण्डकी प्रदेश । तनहुँ २ मा नेपाली कांग्रेसका शंकर भण्डारी निर्वाचित भएका छन् । बुधबार विहान आएको मतपरिणामा नेकपा एमालेका किरण गुरुङलाई ५ हजार ४७४ मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।
भण्डारीले ३० हजार ६०४ मत प्राप्त गर्दा गुरुङले २५ हजार १३० मत ल्याए । १ लाख २५ हजार ५ मतदाता रहेको यो क्षेत्रमा ६७ हजार ८१७ मत खसेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३ मत ल्याएका छन् । चुनावी मैदानमा १० जना थिए ।
यो क्षेत्रमा २०५१ सालपछि पहिलोपटक नेपाली कांग्रेसले जीत हासिल गरेको हो । २०५१ सालमा तत्तकालिन तनहुँ क्षेत्र नम्बर ३ रहेको यस क्षेत्रमा कांग्रेसका अमरराज कैनी विजयी भएका थिए । त्यसपछि लगातर एमालले जित्दै आएको थियो ।
२०७४ सालमा भण्डारी एमालेका केदार सिग्देलसँग ३ हजार २७९ पराजित भएका हुन् । सिग्देलले ३२ हजार ९२४ र भण्डारीले २९ हजार ६४५ मत पाएका थिए । भण्डारी २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology