काठमाडौं। परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक तह कक्षा १० परीक्षा (एसईई) को आवेदन खोलेको छ । कार्यालयले आजदेखि सार्वजनिक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो ।
मंसिर ८ गतेदेखि पुस १० गतेसम्म आवदेन भर्न पाइने कार्यालयले जानकारी दिएको छ। माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आवदेन दिन सक्ने कार्यालयले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology