Logo

२०८३, आश्विन ११गते


images
images

संसदीय दलमा दाबी गर्ने/नगर्नेबारे साथीहरूसँग कुरा गरेर निर्णय गर्छु: शेखर कोइराला

संसदीय दलमा दाबी गर्ने/नगर्नेबारे साथीहरूसँग कुरा गरेर निर्णय गर्छु: शेखर कोइराला

images
  • संसदीय दलमा दाबी गर्ने/नगर्नेबारे साथीहरूसँग कुरा गरेर निर्णय गर्छु: शेखर कोइराला
    images
    images

    काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दलमा दाबी गर्ने/नगर्ने  साथीहरूसँग सल्लाह गरेर निर्णय लिने बताएका छन।

    images
    images
    images

    मोरङ- ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएपछि विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावी प्रक्रिया नसकिँदै दलको नेता दाबी सुहाउँदो नहुने पनि उल्लेख गरे।

    images
    images
    images

    नतिजा आइसकेको छैन, समानुपातिकमा को हुने थाहा छैन,’ उनले भने, ‘अहिले नै दलको नेताबारे कुरा किन गर्ने?’

    images
    images
    images

    दलको नेतामा तपाईंको दाबी रहन्छ? भन्ने प्रश्नमा कोइरालाले भने, ‘म भर्खरै निर्वाचित भएको छु। अब केही दिन विराटनगरमै रहन्छु। त्यसपछि काठमाडौं पुगेर साथीहरूसँग सल्लाह गर्छु। सभापति, वरिष्ठ नेतासँग सल्लाह गर्छु। त्यसपछि निर्णयमा पुग्ने हो।’

    महामन्त्री गगन थापाले दलको नेतामा दाबी गर्ने बताइरहेका बेला अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापालाई समर्थन गर्ने बताइसकेका छन। यसबारे उनले बोल्ने बेलै नभएको बताए।

    ‘दलको नेता सांसदहरूले छान्ने हो, अहिले चुनावको नतिजा नै आइसकेको छैन,’ उनले भने :

    अहिलेको सत्ता गठबन्धन कायम रहने उल्लेख गर्दै उनले जनादेश पनि सोहीअनुसार आएको बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।