Logo

२०८३, आश्विन ११गते


images
images

प्रतिनिधि सभामा विजयी रमेश रिजाललाई चाँदीको मुकुट

प्रतिनिधि सभामा विजयी रमेश रिजाललाई चाँदीको मुकुट

images
  • प्रतिनिधि सभामा विजयी रमेश रिजाललाई चाँदीको मुकुट
    images
    images

    वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता रमेश रिजाललाई धोबिनी गाउँपालिका उपाध्यक्ष मञ्जु देवीले चाँदीको मुकुट लगाइदिएकी छन् । निर्वाचित भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न रिजाल आइतबार साँझ धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरमा पुगेका थिए । रिजाललाई त्यहीँ चाँदीको मुकुट लगाइदिइएको हो । उपाध्यक्ष मन्जु देवी पनि नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि राजेशमान सिंहलाई पनि तत्कालीन सांसद प्रदीप यादवले बधाई दिने क्रममा चाँदीको मुकुट लगाइदिएका थिए । वि.सं. २०७४ को निर्वाचनबाट पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा प्रदीपलाई पनि विजय जुलुसका क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा एक समर्थकले चाँदीको मुकुट लगाइदिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।