राजेश पराजुली, पोखरा । पोखराको बहुचर्चित आहा ! रारा गोल्डकप अब आहा ! रारा पोखरा गोल्डकपको नामबाट संचालन हुने भएको छ । २ दशक देखी मुख्य प्रायोजन गदै आएको आहा रारा चाउचाउको उत्पादक हिमश्री फुडस प्रालिसंगको थप दश वर्षे नयाँ संझौता अनुसार प्रतियोगिताको नयाँ नाम तय भएको आयोजक साहारा क्लव पोखराले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
आगामी १२ पुस देखी सुरु हुने २२ औँ संस्करणको प्रतियोगिता आहा ! रारा पोखरा गोल्डकपको नाममा संचालन हुने छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स र आयोजक साहारा क्लवबीच सोमबार १० वर्षे सम्झौता पात्रमा हस्ताक्षर भएको छ । संझौता पत्रमा हिमश्री फुड्स प्रालिका अध्यक्ष प्रेम कुमारी केसी र साहारा क्लवका अध्यक्ष हरिराम गुरुङले हस्ताक्षर गरे । संझौता अनुसार हिमश्री फुड्सले साहारा क्लवलाई बार्षिकरुपमा पहिलो ३ बर्ष १८ लाख, दोश्रो ३ बर्ष २१ लाख, तेश्रो ३ बर्ष २४ लाख र अन्तिम वर्ष २०८८ सालमा २७ लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्ने छ।
त्यस्तै प्रतियोगिताको व्यवस्थापकिय पक्षलाई मध्यनजर राखि अतिरिक्त आन्तरीक खर्च बापत मुख्य प्रायोजक हिमश्री फुड्सले बार्षिकरुपमा पहिलो ३ बर्ष एकमुष्ठ ४ लाख ५० हजार, दोश्रो प्रत्येक ३ बर्ष ५ लाख २५ हजार,तेश्रो प्रत्येक ३ बर्ष ६ लाख २५ हजार र अन्तिम वर्ष २०८८ सालमा ७ लाख प्रदान गर्ने संझौतामा उल्लेख छ। हिमश्री फुड्सका संस्थापक एवं स्वर्गीय सुर्यवहादुर केसी परिवारले साहारा क्लबले आयोजना गर्ने प्रतियोगितासगै फुटवल एकेडेमीलाई समेत सहयोग गदै आएको छ ।
केसी परिवारले साहारा क्लवले संचालन गरेको फुटवल एकेडेमीलाई वार्षीक आर्थिक सहयोग गर्ने सम्झौता अनुसार एकेडेमीको नाम सूर्यबहादुर केसी साहारा फुटबल एकेडेमी नामाकरण गरिएको छ । उक्त एकेडेमी संञ्चालन गर्न हिमश्री फुड्सका संचालक स्वर्गीय केसी परिवारबाट साहारा क्लवलाई १० बर्षसम्मका लागि बार्षिकरुपमा १५ लाखका दरले प्रदान सम्झौता यस पहिलेनै भइसकको छ । क्लवले प्रतियोगिताबाट बचत हुने रकम कठिन परिस्थिति र विपन्न बर्गका प्रशिक्षार्थी विद्यार्थीहरु रहेको स्वर्गीय सुर्य बहादुर केसी सहारा फुटबल एकेडेमीमा खर्च गदै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology