Logo

२०८३, आश्विन ११गते


images
images

पोखराकोमा जारी व्यापार मेलामा राखिएको ‘रोटे पिङ’ खेल्नेक्रममा खसेर चार जना घाइते

पोखराकोमा जारी व्यापार मेलामा राखिएको ‘रोटे पिङ’ खेल्नेक्रममा खसेर चार जना घाइते

images
  • पोखराकोमा जारी व्यापार मेलामा राखिएको ‘रोटे पिङ’ खेल्नेक्रममा  खसेर चार जना घाइते
    फाईल फोटो
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरामा व्यापार मेलाको पिङबाट खसेर चार जना घाइते भएका छन् । पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापारिक मेलामा बाल उद्यानका लागि राखिएको ‘रोटे पिङ’ खेल्दा खसेर चार जना घाइते भएका हुन् ।

    images
    images
    images

    यो घटना साँझ साढे ६ बजेतिरको हो । एक जना बच्चासहित चार जना एउटै डब्बामा थिए । डब्बा कोल्टिएपछि आफूहरू त्यहाँबाट खसेको घाइतेको भनाइ छ । ‘बट्टा कोल्टियो । हामी करायौँ–चिच्यायौँ । नट फुत्किएर होला त्यो बट्टा कोल्टिएपछि हामी खस्यौँ । खसेपछि केही थाहा भएन,’ एकजना घाइतेले पत्रकारसँग भनिन् । एक जनाले फलाममा समात्दा भुइँमा खसिनन् । ६ वर्षीय बालिकासहित तीन जना भुइँमा बजारिएका थिए ।

    images
    images
    images

    घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते युवतीको करङ भाँचिएको छ भने टाउकोमा पनि चोट लागेको छ । अन्य दुई जना र बच्चाको अवस्था सामान्य छ ।

    images
    images
    images

    घाइतेको पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • # रोटे पिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।