गण्डकी प्रदेश । बागलुङको एक होटलमा लगि तीन नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा तीन किशोर पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीका अनुसार पोखरा बस्ने तीन नाबालकलाई बागलुङकै विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुले गत २४ गते पर्वतको कुष्मा नगरपालिकाका तीन जना नाबालिगलाई बागलुङ नगरपालिका २ स्थित समिटचोकमा रहेको होटलमा लगेर जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको एसएसपी चौधरीले बताए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार बेलुकी ५ बजे पक्राउ गरि थप अनुसन्धान अघि बढाइएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology