Logo

२०८३, आश्विन ११गते


images
images

गाउँघर

अरुकाे घरमा बलेकाे बिजुली हेरेर अँध्याराेमा बस्न बाध्य यो बस्ती

अरुकाे घरमा बलेकाे बिजुली हेरेर अँध्याराेमा बस्न बाध्य यो बस्ती

images
  • सेतोमसी सहकर्मी
  • अरुकाे घरमा बलेकाे बिजुली हेरेर अँध्याराेमा बस्न बाध्य यो बस्ती
    images
    images

    गुल्मी ।  रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ३ काे पुच्छार चिर्तुँगकाे पँधेराे नजिकै एउटा सामान्य खालकाे करिब करिब एक्लो घर, घर नजिकै जँगल ।भौतिक पुर्वाधारका कुरा गर्ने हाे भने घर माथिबाट गाडि दगुर्छन। घरभन्दा अलि तल मदन भण्डारी राजमार्ग छ।  नजिकै चिर्तुँगाकाे पँधेराे। पानीकाे पनि दु:ख छैन।  तर विडम्बना गाउँभरि बिजुली बल्दा रुरुक्षेत्र ३ चिर्तुँगका  रातडाँडे कुल बहादुर विक अरुकाे घरमा बलेकाे बिजुली हेरेर अँध्याराेमा बस्न बाध्य छन ।

    images
    images
    images

    वास्तवमा आर्थिक विपन्नता नै बिजुली बाल्न नसक्नुकाे कुल बहादुरकाे कारण हाे ।

    images
    images
    images

    आमा जिउँदो छँदा आमाको सामाजिक सुरक्षा भत्ताले जनतन जीवन धानेका  रातडाँडे कुल बहादुर विक आमाको मृत्युपछि टुहुराेमात्र बनेनन उनको जिउने आधार समेत खाेसियाे ।

    images
    images
    images

    "गाउँमा खासै काम पनि पाइँदैन।  काम पाईहाले पनि दुईछाक हातमुख जाेड्न ठिक्क छ।  बिजुली जाेड्न सकिन अँध्याराेमै बस्ने गरेकाे छु। उही अँगेनाकाे आगाकाे उज्यालोकाे भर छ। " गहभरी आशु पार्दै कुलबहादुर विकले दुख सुनाउछन ।

    जनताका आधारभुत आवस्यकता पूरा गर्नु राज्यको पहिलो प्राथमिकता हाे। तर, अनुत्पादक मात्र हाेईन, अनावस्यक क्षेत्रमा राज्यको लगानी छ। रित्ता घरहरुका तगारामा सडक पुगेका छन्।  शहरतिर बसेर मेराे यस्तो उस्ताे काम गर्दिनु।  बिजुलीको पाेल गाड्दिनु ,बाटाे बनाईदिनु।  घर जाने तगारो बनाई दिनु। घर नजिकैकाे पँधेराे मर्मत गर्दिनु भनेर पहुँच झार्नेहरुका काम मज्जाले बन्छन तर बत्ती मुनि अँधेराे रातडाँडे कुल बहादुर विककाे घरमा बिजुली बाल्ने र उनलाई पनि उज्यालोमा राख्ने कुरामा कसैकाे ध्यान जाँदैन। 

    फेरी पनि चुनाबदेखि चुनाबसम्म गरिवीको अन्त्य र विकासका कुरा फलाक्ने काम भने भईरहेकाे पाईन्छ । उज्यालो गाउँ, उज्यालो नगर र उज्यालो देश बनाउनेदेखि लिएर विजुली निर्यात गरेर समृद्धि ल्याउने भन्दै गोष्ठी र सेमिनारमै करोडौं झ्वाम पार्न काममा व्यस्त यो राज्य संयन्त्रले कुलबहादुरको मझेरीको अध्यारो र चिसो चुलो कहिले देख्ला ?

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाउँघर
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।