Logo

२०८३, आश्विन ११गते


images
images

गाउँघर : एकअर्काकाे भर 

गाउँघर : एकअर्काकाे भर 

images
  • सेतोमसी सहकर्मी
  • गाउँघर : एकअर्काकाे भर 
    images
    images

    गुल्मी ।  रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष मिना गौतमकाे घरमा बिहीबार बिहानैदेखि चहलपहल छ । छाेरीकाे विवाह हुने दिन चहलपहल नहुने कुरै भएन । घरपरिवारका सबै सदस्य आन्तरिक व्यवस्थापनमा जुटेका छन भने छरछिमेकी रु खाना व्यवस्थापन मिलाउन व्यस्त देखिन्छन् ।

    images
    images
    images

    घरमुनि बारिमा टेन्ट र टेन्टभित्र कुर्सी- टेबल मिलाएर राखिएकाे छ । बारीकाे धरीमा स्थानीय केही युवा र पाकाहरु जन्ति र निम्तालुहरूको लागि खाना पकाउन व्यस्त छन ।

    images
    images
    images

    रुरुक्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सार नजिकै याे चौतारा बस्तीमा पचास घर छन र कसैकोमा विवाह, ब्रतबन्ध वा अरु अनुष्ठानहरुमा भान्साकाे काम सबै मिलेर गर्छन ।

    images
    images
    images

    "पैतीस  वर्ष भन्दा बढि भयाे याे काम हामीले गर्न थालेकाे; समाजमा सबैकाे घरमा हुने विभिन्न अनुष्ठानहरुमा व्यवस्थापनकाे काम गाउँकै युवा र पाका मिलेर गर्दै आएकाछौँ" चौताराका छत्र बहादुर पौडेलले भने ।

    हुन पनि व्यवसायीक कुकहरुले जत्तिकै भान्सा तयार गर्छन यहाँका स्थानीयहरु। पुलाउ, झाेल मासु, मासुकाे भुटुवा, सिमि र आलुकाे तरकारी, पनिर-आलु, पापड, प्राउन, खिर, भेत्तल, चुकौनी, सलाद लगायतका दर्जन परिकार स्थानीयहरुले तयार पार्दै थिए ।

    जन्ति पुग्ने बित्तिकै त्यहीँका स्थानीयहरुले पकाएका स्वादिष्ट जलेबिले पहिलाे स्वागत गरियाे । "हामीले सबै कुरा यहीँ पकाउँछौँ, गाउँमा कुनै व्यवसायीक कुक खाेज्न पर्दैन। हामीनै पकाउँदा-पकाउँदै अनुभवि भैसकेका छौँ" मासु पकाउँदै गरेका माधव खड्काले भने ।

    जन्ती र माईती पट्टिका गरि करिब दुईसय पचासभन्दा बढि निम्तालुलाई सजिलै स्वादिष्ट भान्साकाे खान्कि व्यवस्थापन गरिएकाे याे वैवाहिक कार्यक्रममा सबैजसो व्यवस्थापनमा यहि पचास घरका वासिन्दा खटेकाे देखिन्थ्यो ।

    जन्ती स्वागतका लागि मनकामना आमा समूह व्यस्त थिए भने कसरी मिठाे परिकार पस्किन सकिन्छ भनेर युवा र पाका मान्छे लागेका थिए ।

    निर्धारित समयमै सबैका लागि सजिलै खाना तयार भयाे र जन्ती र अन्य निम्तालु दर्जनौं परिकारका टेबल तिर झुम्मिएकाे देखिन्थे ।

    समाजमा पर्ने यस्ता कार्यहरुकै लागि भनेर सबै सरजाम किनेका छन यहाँका वासिन्दाले । पकाउने ठुलाठुला, डेक्ची, कराई, पनिया, डाडु, थाल, गिलास, कचौरा, प्लेट, चम्चा नपुग्दाे केहीपनि छैन। सबै परिपुर्ण छ, स्थानीय सँग; र अझै गज्जबकाे कुरा त के भने यी भाँडाकुँडा यस्ता अनुष्ठानमा प्रयाेग गरेकाे शुल्क समेत लाग्दैन ।

    "करिब पैँतिस वर्ष अघि ठुला ठुला ताउला किनेर खैरेनीबाट बाेकेर ल्याएर याे अभियान शुरु गरेकाे सम्झना गर्छन" याे अभियानका नाईके टेक बहादुर केसी।ती तामाका ताउला बेचेर यतिबेला धेरै भाँडाकुँडाहरु जाेडिएकाे छ गाउँमा । "भरसक हामीले स्थानीय उत्पादनलाई नै विवाह, ब्रतबन्ध र अन्य अनुष्ठानहरुमा प्रयाेग गर्छौ, गाउँकै शुद्ध भैँसीकाे घिउ, दुध, दहि, विवाह भाेजका लागि गाउँमै पालिएका खसीबाेका, गाउँमै उत्पादन गरिएका तरकारीकाे स्वाद हामीले पस्किने गरेका छौँ" माधव खड्काले भने ।

    वास्तवमै एकलाई पर्दा अर्कालाई भन्ने सामाजिक सहयाेगकाे याे भावना चौतारा गाउँबाट सिक्नैपर्ने देखिन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाउँघर
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।