Logo

२०८३, श्रावण ३०गते


images
images

मुलुकमा अशान्ति र द्वन्द्वको सिर्जना गर्न राष्ट्रपतिद्वारा अध्यादेश रोकियो: बिश्वास

मुलुकमा अशान्ति र द्वन्द्वको सिर्जना गर्न राष्ट्रपतिद्वारा अध्यादेश रोकियो: बिश्वास

images
  • मुलुकमा अशान्ति र द्वन्द्वको सिर्जना गर्न राष्ट्रपतिद्वारा अध्यादेश रोकियो: बिश्वास
    images
    images

    बुटवल । नेत्र विक्रम चन्द (विप्लब) नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टी र तत्कालीन सरकार बिच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका लागि कानुनी बाटो खोल्न मुलुकी फौजदारी संहिता (पहिलो संशाेधन) अध्यादेश २०७९ सरकारले राष्ट्रपति समक्ष पेश गरेपछि यसलाई असफल पार्न र मुलुकमा अशान्ति तथा द्वन्द्वको अवस्था सिर्जना गर्न षड्यन्त्र हुन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

    images
    images
    images

    संघर्षको कार्य्रक्रम अन्तरगत शुक्रवार रुपन्देहीको मायादेवि गाउँपालिकाको धमौलिमा बिरोध प्रदर्शन गरिएको छ। उक्त कार्यक्रममा नेकपा रुपन्देही सेक्रेटरी बिश्वासले दलाल र साम्राज्यबादिको षड्यन्त्रले अध्यादेश रोकिएको बताएका छन। भ्रष्ट दलाल ब्यबस्थाको बिरोध गरेकै कारण बिगतमा आफ्नो पार्टी माथि प्रतिबन्ध लगाएको र नेता कार्यकर्ताहरुलाई गिरफ्तारी गरि झुट्टा मुद्धा लगाएको भन्दै उनले तिनबुँधे सम्झौता कार्यान्वयन गर्नेगरी ल्याईएको अध्यादेश रोक्नु गलत भएको जिकिर गरे। कार्यक्रममा नेकपाका नेता नवीन, युवा संगठनका जिल्ला अध्यक्ष भक्त, अविराम लगायतले बोल्दै हरेक शड्यन्त्रका बिरुद्ध संघर्ष गर्ने बताएका छन। 

    images
    images
    images

    पार्टी केन्द्रले घोषणा गरेको पाँच दिने संघर्षका कार्यक्रम अनुशार पौष २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र देशका मुख्य मुख्य शहरहरुमा अन्तर्किया, पौष ४ गते बेलुका मशाल जुलुस र ५ गते बिहान १०- ११ बजेसम्म १ घण्टा चक्काजामको कार्यक्रम रहेको सेक्रेटरी बिश्वाशले बताए ।

    images
    images
    images

    यसैबिच मायादेवीको धमौलीमा युवाहरुको एक भेलाले रामबचन यादवको नेतृत्वमा १८ सदस्यीय युवा संगठन समिति गठन गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।