Logo

२०८३, श्रावण ३१गते


images
images

आत्महत्याका घटनाहरु बढ्दै गएकोमा सरोकारवालाको चिन्ता

आत्महत्याका घटनाहरु बढ्दै गएकोमा सरोकारवालाको चिन्ता

images
  • आत्महत्याका घटनाहरु बढ्दै गएकोमा सरोकारवालाको चिन्ता
    images
    images

    राजेश  पराजुली, पोखरा । आत्महत्या न्यूनीकरण तथा रोकथामका लागि राज्यको रणनीति र जनमानसमा सचेतनाको आवश्यक रहेको पोखरामा शुक्रबार आयोजित कार्यक्रममा बताइएको छ । कोसिस (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) को आयोजना तथा सिबिएमको समन्वयमा मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्वन्धी परियोजनामाथी लक्षित समूहसंग समीक्षा गरिएको कार्यक्रममा सरोकारवालाहरुले बताएका हुन् ।

    images
    images
    images

    कार्यक्रममा गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याको अवस्था, स्थानीय निकायहरुमा आत्महत्या रोकथामका लागि भएको रणनीति तथा आत्महत्या न्यूनीकरणलाई प्रभावकारी बनाउन कस्ता कदम आवश्यक रहनेछ भन्ने विषयमा समीक्षा गरिएको छ ।

    images
    images
    images

    गण्डकी प्रदेशमा आत्महत्याको घटनाहरु दिनप्रतिदिन बढ्दै गएको हुँदा सन्तोषजनक नभएको वक्ताहरुले बताएका छन् । 

    images
    images
    images

    मानसिक स्वास्थ्य समस्या समाधान र आत्महत्या रोकथामका लागि कोसिसले दिँदै आएको गेट किप्पर तालिम प्रभावकारी भएको कार्यक्रममा बताइएको छ । परियोजनाले आत्महत्या न्यूनीकरणमा खेलेको भुमिका र अव कस्तो भूमिका खेल्नुपर्ने विषयमासमेत समीक्षा गरिएको छ ।

    कार्यक्रममा मानव अधिकारकर्मी, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, सम्वन्धित सरकारी निकायका कर्मचारी, पत्रकार, शिक्षक लगायतको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । 

    कार्यक्रममा कोसिसका अनुगमनकर्ता नवराज गौतम, सिबिएमकी वरिष्ठ कार्यक्रम अफिसर रीता गौतम, कोसिस मनोपरामर्शकर्ता शैलेन्द्र शर्मा र दुर्गाबहादुर थापा लगायत सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।