सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्महत्या गरेका छन्। बिहीबार बिहान करिब ३ बजेको समयमा आत्महत्या गरेका प्रहरीले जनाएको छ।
आत्महत्या गर्नेमा दार्चुलाको अपी नगरपालिका–६ घर भएका अन्दाजी २६ वर्षीय कबिन्द्र वि.क रहेका छन्। उनी प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दीको कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत थिए।
वि.कले आफ्नै टाउकोमा एसएलआर गोली हानी आत्माहत्या गरेको प्रहरीको भनाइ रहेको छ। वि.क बिहान १ बजेदेखि ३ बजेसम्मको ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए।
डिउटी खटिएको समयमा उनले आफैले बोकेको एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षकको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology